जल खाएरै अन्तरजातीय विवाह, परियार र गुरुङ परिवार बिच गासियो सम्बन्ध

छुवाछुत अन्त्य गर्न घर बाटै सुरुवात गरेकी हुँ – दुलहीकी आमा कृष्ण कुमारी

पोखरा –
अझै पनि नेपालको केहि गाँउ ठाँउमा छुवाछुत र जातिय विभेद कायम रहेको समयमा सोमबार पोखरा एक उदाहरणिय विवाह भएको छ । पोखरा चाउथेका २७ बर्षीय किरण परियार र पोखरा सृजनाचोककी तारा गुरुङ समाजमा एक उदाहरणीय पात्र वन्दै सोमबारदेखि वैवाहिक सम्वन्धमा प्रबेस गरेका छन।
पोखराको विन्ध्यवासिनी मन्दिरमा सोमबार विवाहको लगन छोप्न नव जोडिहरु देखिन्थे त्यस मध्य अन्तरजातिय विवाहमा परियारको जोडी जुटेको थियो । विगत ९ बर्ष स्कुले जिवन देखि सुरु भएको प्रेम सम्वन्ध अन्ततः सोमबार विन्ध्यवासिनी मन्दिरलाई र केहि आफन्तहरुलाई साचि राख्दै कसम खाएर परियार जोडिले अन्तरजाति विवाह गरेका हुन ।

परियार जातिको परम्परा अनुसार विधि पुराएर आफुहरुले आफ्नो छोराको विवाह उनले चाहेकी तारा गुरुङसंगै गराएको दुलाहका बाबु राम बहादुर परियारले बताए । उनले भने “ मेरो एउटा छोरा हो, उसले चाहेकी केटीसंगै हामीले राजि खुसिले हाम्रो विधि पुराएर विन्ध्यवासिनी मन्दिरमा ५० भन्दा बढी आफन्तहरलाई साचि राखेर विवाह गराएका छौं, यो बिबाह सम्वन्ध जुगौंसम्म नटुटोस, उनीहरुको फलोस फुलोस । ” दुलहिकी आमा कृष्ण कुमारी गुरुङले समाजमा अझै पनि रहेको छुवाछुत अन्त्य नभएकोले गर्दा सुरुवात आफैबाट गर्नु पर्दछ भनेर आफुहरुले आफ्नी छोरीको चहाना अनुसार अन्तरजातिय बिबाह गराएको बताईन ।  नेकपा माओबादी केन्द्रकी सक्रिय कार्यकर्ता समेत रहेकी कृष्ण कुमारीले भनिन “ देशमा नर र नारी दुई जात मात्र हुने भएकोले छोरीको चहाना अनुसार हामीले अन्तरजातिय बिबाह गराएका हौं,  जल खायर हामीले  विन्ध्यवासिनी मन्दिर  साची राखेर ज्वाईलाई छोरी दिएका छौं, उसलाई पाले पुण्य मारे पाप, आजका मिति देखि मेरी छोरी किरण जीलाई सुम्पियकी छु । ” स्कुले जिवन देखिको प्रेम सम्वन्ध भए पनि किन ९ बर्षसम्म विवाह गर्न समय लाग्यो भन्ने हाम्रो प्रश्नमा दुलाह किरण परियारले आफुहरुको मात्र मन मिले पनि घर परियारबाटै आफ्नो परम्परा अनुसार विवाह गराउने चहाना भएकोले गर्दा समय लागेको जनाए । दुलाह किरण घर जग्गा तथा टुर्स एण्ड ट्राभल्र्स संचालन गर्दैै आएका छन । दुलहि तारा व्याबस्थापन संकायको स्नातकोत्तर प्रथम बर्षमा अध्ययनरत बिद्यार्थी हुन।
अध्ययन गर्ने क्रममा प्रेम सम्वन्ध अघि बढे पछि अन्ततः आफुहरु यो त्यो जात भन्दा पनि एक अर्काेलाई माया गर्ने भएकोले गर्दा आफुहरुको प्रेम सम्वन्ध अन्ततः ९ बर्ष पछि मागि विवाहमा परिणत भएको दुलाह किरणले बताए । उनले भने “ यो समाजमा धेरैले हाम्रो बिबाहलाई सकरात्मक ढंगलेहेरेका छन त केहिले नकरात्मक ढंगले हेरेका छन तर हाम्रो जोडी नमुना वनेर यो समाजमा उदाहरणिय वन्न चाहान्छौं । ” ताराको नरम स्वभाव र अनावश्यक तथा नचाहिने कुरामा खरो रुपमा आवाज उठाउने भएकोले आफु उनी प्रति आक्रसित भएको उनले बताए ।
पण्डित चुडामणि ढकालले नेपाली परम्परा अनुसार बिबाहको विधि पुराएर सोमबार विन्ध्यवासिनी मन्दिरमा अन्तरजाति एक जोडीको बिबाह गराएको बताए । उनका अनुसार पछिल्लो क्रममा बर्षमा करीब ५ जोडिको अन्तरजातिको विवाह विन्ध्यवासिनी मन्दिरमा हुने गरेको छ । नेपाल सरकारले करीब ३ बर्ष अघि अन्तरजातिय विवाह गर्दा नयाँ जोडिलाई एक लाख रुपैया प्रोत्साहन रुवरुप दिने गरेको थियो। अन्तरजातिय विवाह गर्दा जिल्ला प्रसासन कार्यालयमा केहि जोडिले प्रसा लिनको लागि भएपनि दर्ता गराउने गरेकाथिए। विदेश जान कागजी रुपमा केहि अन्तरजातिय विवाहको दर्ता गर्ने भएको कास्की प्रसासनले जानकारी गराएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button