भरतपुरमा ९० वटा मतपत्र च्यातिएको पाइयो

पोखरा न्युज –

भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ ।

निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो ।

गणनामा संलग्न नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताइन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘गन्न मिल्नेसम्म टेप लगाएर पनि मिलाइएको छ । तर, च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा छैन । एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान गर्नुपर्छ ।’

स्रोत – अनलाइन खबर –  https://www.onlinekhabar.com/2017/06/592714/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button