एक हप्ता भित्रमा नगरबासीले अनुभुति गर्नेगरी काम गर्छु – मेयर जिसी

डीएनबी,पोखरा –

पोखरा लेखनाथ महानगरपालिकाका नव निर्वाचित मेयर मानबहादुर जिसीले आफुले पदभार सम्हालेको एक हप्ता भित्र नगरवासिले अनुभुती हुने गरी काम गरेर देखाउने बताएका छन ।

महानगरको मेयरमा  निर्वाचित भएसंगै शुक्रबार पोखरामा  भएको नगरपरिक्रमा तथा बधाई ज्ञापन कार्यक्रम पश्चात जिसीले आफुले पदभार गरेको कम्तिमा एक हप्ता भित्र जनताहरुले महसुस हुने गरी काम गर्ने दाबी गरेका हुन् ।  उनले भने “ हामीले पदभार गरेको कम्तिमा एक हप्ता भित्र  कार्यालयमा सेवाग्राहिहरुलाइ छिटो छरितो रुपमा सेवा दिने,  कार्यालय व्यबस्थापन तथा कर्मचारी परिचालन गर्ने तथा  सुशासनको अनुभूति दिलाउनेछौं।”   तत्काल जनताले महाशुस गर्न सक्ने खालका कार्यमा आफुले जोड दिने बताउदै जीसीले पर्यटकिय नगरी पोखराको अस्तव्यस्त पार्किङलाई  व्यबस्थित पार्न स्थानीय जनसमुदाय तथा सरोकारवालाहरुको  राय सल्लाह सुझाव लियर अगाडि बढ्ने  जनाए ।

२०१७ सालमा साविक कालिका गाविसमा जन्मेका जिसीले २०३७ साल देखि अनेरास्ववियुबाट राजनीति सुरु गरे पनि पोखरा लेखनाथ महानगरपालिका वनेर आफु मेयर वन्छु भन्ने कल्पना भन्दा बाहिरको कुरा भएको बताए । उनले भने “ म एक गाँउबाट निर्वाचित जनप्रतिनिधि भएको नाताले कसरी सडक संजालले गाँउ गाँउमा सडक यातयातको पहुच पु¥याउनु पर्दछ त्यो मलाई राम्रोसंग थाहा छ, भएको सिमित श्रोत साधनलाई पनि हामीले परिचालन गर्ने छौं ।”

५ बर्ष भित्र पोखरामा सुकुम्वासिलाई घर दिलाउने महत्वकाक्षी योजना अघि सारेका जिसीले पोखरालाई प्रविधिमैत्रि, पोखरामा बाह्य पर्यटकहरुको आगमनलाई जोड्न निमार्णाधिन पोखरा विमानस्थलको कार्यलाई अघि बढाउन पहल गर्ने, पोखरामा बसपार्क सहितको पुर्वाधार निमार्णमा सवैको राय सल्लाहले अघि बढ्ने बताए ।

जिसी २०४९ र २०५४ सालमा उनी साविक कालिका गाविसको स्थानिय तहको निर्वाचित अध्यक्ष हुन भने हाल १९ बर्ष पछि भएको स्थानिय तहको मेयरमा विजयी भएसंगै उनको स्थानिय तहमा ह्याट्रिक पुरा गरेका छन । आफु एमालेबाट निर्वाचित भएपनि अब सवै पार्टी तथा दलको साझा मेयरको रुपमा रहेर आम जनताको काममा कटिवद्ध हुने उनले दाबी गरे ।

महानगरको मेयरमा जिसी शुक्रबार झण्डै १४ हजारको मतान्तरले  विजयी भएका हुन्  ।  जिसीले महानगरमा ६० हजार १  सय १८  मत हासिल गरे भने  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका  रामजि कुँबरले ४६ हजार ४ सय १६  मत प्राप्त गरेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button