पोखरा महानगरको मेयरमा मानबहादुर र उपमेयरमा मञ्जु विजयी

गणेश बराल , पोखरा-

देशकै ठुलो महानगर पोखरा लेखनाथको मेयरमा नेकपा एमालेका मानबहादुर जिसीको विजयी भएका छन् ।  महानगरमा  भर्खरै सार्बजनिक मत परिणाम अनुसार झण्डै १४ हजारको मतान्तरले जिसी विजयी भएका हुन्  ।

महानगरमा जिसीले ६० हजार १  सय १८  मत हासिल गर्दा  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस र माओबादी केन्द्रका संयुत उम्मेदवार नेपाली कांग्रेसका  रामजि कुँबरले ४६ हजार ४ सय १६  मत प्राप्त गरे । नगरमा  कांग्रेस र माओबादी बीच मेयरमा कांग्रेसलाइ सघाउने गरि  चुनाबी तालमेल भएको थियो ।

त्यसैगरी महानगरको उपमेयर एमालेकै मञ्जु देबी गुरुङ विजयी भइन् । कांग्रेसवाट उपमेयरकी उम्मेदवार सरस्वती गुरुङलाई झण्डै १२ हजार मतान्तरले पछाडी पर्दै  मञ्जु  विजयी भएकी हुन् ।  महानगरमा  मञ्जुले ५६ हजार ४ सय ४८ मत हासिल गरिन  भने सरस्वतीले ४४ हजार ३ सय ३८ मत प्राप्त गरेकी  छन् ।

महानगरमा कुल  १ लाख २५ हजार ७ सय मत खसेको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button