अन्तराष्ट्रिय ओलम्पिक दिवसमा पोखरामा शुक्रबार संचारकर्मीको ५ किलोमिटर दौड

पोखरा न्युज –
जुन २३ तारिख अर्थात अन्तराष्ट्रिय ओलम्पिक दिवस । यसै अवसरमा पोखरामा संचारकर्मीहरुको ५ किलोमिटर सडक दौड हुने भएको छ ।

भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा स्वर्गीय शिव शंकर रन्जितको स्मृतिमा हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए । उनले भने “ यसपाली संचारकर्मीहरुको उत्साहजनक रुपमा सहभागिता हुनेमा हामी पुर्ण आशावादी छौं, यसमा हामी पनि निकै उत्साहित भएका छौं । ”

सडक दौड बिहान ६ः३० बजे मानवअधिकार चोकबाट सुरु हुने भएको छ । मञ्च नेपालका अध्यक्ष तेज बहादुर गुरुङले समाजमा खेतप्रतिको संकारको विकास गर्दै खेलकुदको आकषर्ण बढाउन पनि संचारकर्मीलाई मात्र लक्षित गरी उक्त दौड प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतियोगितामा पुरुष तर्फ २० र महिला तर्फ १२ जनाले दर्ता गराएको गुरुङले जनाए । दुबै टिमका बिजेतालाई जनही ७ हजार, उपविजेतालाई जनही ५ हजार र तेश्रो हुनेलाई जनही ३ हजार सादमा मेडल र प्रमाणपत्र प्रदान गरीने भएको छ । दर्ता शुल्क २० रुपैया रहेको प्रतियोगितामा कम्तिमा पनि १५ जना प्रतियोगिहरु सहभागी हुनु पर्ने आयोजकले नियम वनाएको सचिव कृष्ण तिमिल्सिनाले बताए ।

उक्त कार्यक्रम सम्पन्न गर्न करिब ६१ हजार खर्च लाग्ने भएको खेल संयोजक खेम बहादुर गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button