अन्तर्राष्ट्रिय उपाधि विजेता मीरा राईलाई नागरिक अभिनन्दन

पोखरा-

नेसनल जोग्राफीले विश्वका साहसिक खेलका खेलाडीहरु विच प्रतिस्पर्धा गराएको अनलाईन भोटिङमा ‘एडभेन्चरर अफ दि इयर–२०१७’ को उपाधि जितेकी मीरा राईलाई काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको छ ।

छोटो समयमै अल्ट्रा÷ट्रेल रेसमा विश्वमै चर्चित खेलाडीको रुपमा आफुलाई स्थापित गर्दै आएकी मीरा राईलाई वी विल राईज (हामी उठ्ने छौं) फाउण्डेसनले एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेको हो । उनलाई उक्त उपाधि दिलाउन हामी उठ्ने छौं अभियानले विश्वब्यापी रुपमा छरिएर रहेका नेपालीहरुलाई मीरा राईलाई मतदान गर्न विशेष अभियान संचालन गरेको थियो । यसैगरी हङकङमा बसोवास गर्ने नेपालीहरुले मीरा राई जिताऔं अभियान संचालन गरेर उनको पक्षमा जनमत तयार पारेको थियो ।

अभिनन्दन गर्ने क्रममा मीरा राईलाई गायिका कोमल वली, अभिनेता÷उद्घोषक दिनेश डिसी, गायक आनन्द कार्की, सौन्दर्यविद् सिता पाठक, संचारकर्मी प्रभात रिमाल, खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य, किर्तिमानी पर्वतारोही फूर्वा तेन्जिङ शेर्पा, संगितकार राजू सिंह र ब्यवशायिले माला र दोसल्ला लगाइदिएका थिए । यसैगरी हामी उठ्ने छौं फाउण्डेसनका संस्थापक एवं हङकङ तेक्वान्दो एसोसिएसनका मुख्य प्रशिक्षक तुलसी गुरुङ र अभिनेत्री श्वेता खड्काले अभिनन्दन पत्र र नगद ५० हजार रुपैंया प्रदान गरेका थिए । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक एवं पूर्व कप्तान राजुकाजी शाक्यले नेपालको झण्डा विश्वभर फैलाउनु भन्ने शुभकामना दिदैं ठुलो आकारको नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

मीराले आफुलाई मतदान गरेर जिताए पनि यो सफलताको श्रेय सबै नेपालीहरुको भएको र यो सम्मानले आफुलाई खेलमार्फत् राष्ट्रको इज्जत बढाउने जिम्मेवारी थपेको बताउदैं मीरा राईले भनिन्– यो खेलमा नेपालले धेरै प्रगती गर्न सक्ने देखेको छु । हाम्रो भौगोलिक अवस्थाले हामीलाई यो खेलमा अझ बढी सफलता दिलाउन सक्छ । यदी कुनै महिला यो खेलमा लाग्न चाहन्छु भनेर आउछन् भने आफु सहयोग गर्न तयार रहेको मीराले बताईन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button