स्याङजामा सिर्सेकोट कोखे महोत्सवको तयारी तिव्र

पोखरा न्युज ।

स्याङजा, वालिङको सिर्सेकोट कोखेमा रहेको नवज्योति जनसेवा युवा क्लबको आयोजनामा यही असोज १६ देखि २१ गतेसम्म सिर्सेकोट कोखे महोत्सव २०७४ कोे तयारी तिव्र पारिएको छ।

ग्रामिण पर्यटनको विकास, राष्ट्र निर्माणको आधार भन्ने मुल नाराको साथ आयोजना हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको क्लवले जनाएको छ । उक्त महोत्सवले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने महोत्सवका मुख्य संयोजक गुप्त बहादुर गुरुङले बताए । खेलकुदको माध्यमबाट खेलाडीहरु बिच आपसी भाइृचारा, सदभाव, सहकार्य तथा अनुशासन कार्यहोस भन्दै सथानिय कला, स्रस्कृतिको संरक्षणमा महोत्सवले टेवा पुराउने लक्ष्य राखिएको संयोजक गुरुङले बताए ।

महोत्सवमा भलिवल प्रतियोगिता, भेट्रान्स भलिवल प्रतियोगिता लगायतका प्रतियोगिताहरु हुने भएको छ । भलिवल प्रतियोगिताका विजेताले ७४ हजार, उपविजेताले ४४ हजार, तेश्रो हुनेले २४ हजार र शान्त्वना हुनेले १४ हजार साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने भएका छन । त्यस्तै भेट्रान्सका विजेताले १५ हजार र उपविजेताले भने ७ हजार साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने भएका हुन । महोत्सव सम्पन्न गर्न करिब १० लाख २५ हजार खर्च लाग्ने आर्थिक संयोजक भविराज गुरुङले बताए । स्वदेशी तथा विदेशी खेलप्रेमी तथा समाजसेविबाट महोत्सव सम्पन्न गर्न आर्थिक सहयोग जुट्ने गरेको उनले जनाए ।

महोत्सव सम्पन्न गर्नको लागि गुप्त बहादुर गुरुङको मुख्य संयोजकत्वमा विभिन्न उप–समितिहरु समेत गठन भई उपसमितिहरुले आ–आफ्नो जिम्मेवार वहन गर्दै आएको सह–संयोजक ध्वज कुमार गुरुङले बताए । महोत्सवमा कृषिजन्य बस्तुको प्रदर्शनी, सामुहिक नृत्य प्रतियोगिता, सोरठी, घाटु लगायतका विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको क्लवका अध्यक्ष विशाल गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button