पोखरामा हुने मिस कल्चर नेपालको फाइनलमा १४ प्रतियोगि प्रतिस्पर्धा गर्ने

पोखरा न्युज ।

मिस कल्चर नेपाल २०१७ को भोलि (मंगलबार) हुने फाइनल पतियोगितमा १४ जना सुन्दरीहरुलेप्रतिस्पर्धा गर्दैछन । पुष्पान्जली फेसन एण्ड ईभेण्ट प्रालिको आयोजनामा पोखराको सभागृह हलमा हुने उक्त प्रतियोगितामा सहभागि १४ जनाले उपाधिको लागि मंगलबार फाइनल चरणमा प्रतिस्पर्धा गर्ने भएका हुन ।

पोखरा सभागृहमा मंगलबार २ बजे पछि हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक दिनेश प्रसाद शर्माले बताए । ९ जिल्लाबाट छनौट भएका २५ जनाबाट फाईनल चरणसम्म आउदा १४ जना छनौट गरी उनीहरुलाई विगत एक महिना देखि विभिन्न प्रशिक्षण दिदै आईएको आयोजकले जनाएको छ। करिब १६ देखि १९ बर्ष उमेर समुहका सुन्दरीहरुले आफ्नो बाहिरि सौन्दर्यसंगै बाहिरी रुपमा सौन्दर्यताको लागि पनि यस्ता प्रतियोगिताहरुमा सहभागि हुने गरेको सहभागिहरुले बताउछन ।

“हाम्रो सस्कृती हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना हुने प्रतियोगिताको विजेताले एक थान सुजुकी स्कुटर प्राप्त गर्ने भएको छ । सहभागिहरुलाई एक महिना भन्दा बढी समय विभिन्न कला, संस्कृति, भेषभुषा तथा व्यक्तिको क्षेमता अभिबृद्धि हुने गरी विभिन्न स्थानहरुमा लगेर समेत प्रशिक्षण गराईएको संयोजक शर्माले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button