पोखरामा मिस्टर एण्ड मिस हस्पिटालिटी हुने

नेपालमै पहिलो पटक भएको आयोजकको दाबी, 

mr miss hospitality

पोखरा-

पोखरामा  मिस्टर एण्ड मिस हस्पिटालिटी २०१७  हुने भएको छ ।

चैत्र २६ गते पोखराको पाँचतारे होटलमा  विजेता घोषणा गरिने भनिएको उक्त प्रतियोगिताको  आयोजक एपि इन्टरटेन्मेन्ट रहेको छ । आयोजक एपि इन्टरटेन्मेन्टले  बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको वारेमा जानकारी दिदै नेपालमै पहिलो पटक हस्पिटालिटि इण्डस्ट्रिज फिल्डका सहभागीहरुलाई लिएर  प्रतियोगिता गर्न  लागेको बताएको हो ।

प्रतियोगिताको पुरस्कार राशी ७५ हजार रुपैयाँ  रहेको र उक्त प्रतियोगिता संचालन गर्न कुल दस लाख रुपैयाँ  खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।   नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानी छ । नेपालको सुन्दरता सँगै पर्यटनलाई आकर्षण गर्न हस्पिटालिटिले पनि महत्वपूर्ण स्थान राख्छ । अतिथि सत्कारका विषयमा पनि केही सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए ।

अन्य   ब्युटि प्याजेन्ट भन्दा फरक रहेर होटल म्यानेजमेन्ट कोर्षको आधारमा प्रतियोगिता गर्न लागेको संयोजक शैलेस शाहीले बताए । कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले मूख्य प्रायोजन गरेको उक्त प्रतियोगिताका विजेतासँगै टप टेनमा परेका प्रतियोगिहरुको रोजगारीको ब्यबस्था गरिएको पनि उनले जानकारी दिए ।

प्रतियोगिहरुलाई होटल म्यानेजमेन्ट कोर्षको आधारमा हस्पिटालिटीका पायोनियरहरुले करिब २२ दिन ट्रेनिङ्ग दिने र नतिजाका लागी अंक पनि त्यहि आधारमा दिने शाहीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button