मिस नेवा पोखरा ११३७ को तयारी तिव्र

पोखरा- 

मिस नेवाः पोखरा ११३७ को तयारी तिव्र पारिएको छ । नेवा खलः कास्कीको आयोजनामा हुन यहि फागुन २८ गते पोखरा सभागृहमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको हो । प्रतियोगिताका लागि श्रीपञ्चमीबाट शुरु भएकोतालिम शुभारम्भमा ब्यक्तित्व बिकास, नेवारी संस्कृति, संस्कार, भाषा, रितीरिवाज, बाद्यबाधन, सार्वजनिक भाषणकला लगायतका शिर्षकमा तालिम प्रदान गरिएको मुल संयोजक शम्भुलाल श्रेष्ठले बताए । १७ जना सहभागी युवतीहरुलाई डेढ महिना लामो ब्यक्तित्व विकास तथा नेवारी संस्कृतिका बारेमा तालिम प्रदान गरिएको छ । सहभागीहरुलाई नेवारी सभ्यताका बारेमा जानकारी दिने उद्धेश्यले काठमाण्डौको ललितपुर, भक्तपुरका ऐतिहासिक महत्व बोकेका स्थानहरुको ३ दिने भ्रमण गराइएको सहसंयोेजक तथा मिस नेवा ११३६ एलिशा जोशीले बताए ।

प्रतिस्पर्धामा पोखरा बागबजारका श्रद्धा श्रेष्ठ, कुँडहरका बर्षा श्रेष्ठ, नयाबजारका सिम्रन श्रेष्ठ, लेखनाथ शिशुवाका सुमन श्रेष्ठ, हेम्जाका कृपा श्रेष्ठ, नयाबजारका सरिष्मा उदास, लेखनाथ खुदीका लक्ष्मी श्रेष्ठ, गणेश टोलका सुमित्रा श्रेष्ठ, मोहोरिया टोलका रश्ना बुद्धाचार्य, तेर्सापट्टीका अंशु शाक्य, श्रीया श्रेष्ठ, तनहुँ दुलेगौंडाका आकृति श्रेष्ठ, नदिपुरका ज्यास्मिन श्रेष्ठ, रामकृष्णटोलका निकिता लिगल, चिप्लेढुङ्गाका प्राथर्ना डंगोल, र बागबजारका आयुष्मा श्रेष्ठ रहेका छन् ।

नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखराको ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठ र ११३५ मा आशा श्रेष्ठ तथा ११३७ मा एलिशा जोशीले मिस नेवा पोखराको ताज पहिरन सफल भइसकेका छन् । मिस नेवा शुरु गरेदेखि नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, कुमारी नृत्य, चर्या नृत्य, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button