टिन तनहुको उपाधि प्रितम र विनितालाइ

पोखरा न्युज –

एम्विसन फेसन होमले आयोजना गरेको मिष्टर एण्ड मिस टिन तनहु २०१७ को उपाधि प्रितम गुरुङ्ग र विनिता श्रेष्ठले जितेका छन ।

शनिवार सम्पन्न प्रतियोगितामा फष्ट रनर अप सञ्जल अधिकारी र दिपीसा थापा , सेकेण्ड रनरअप विपिन थापा र निशा थापा भएका छन । प्रतियोगितामा १६ जना प्रतियोगिको सहभागिता रहेको थियो । मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले प्रमुख निर्णायक रहनु भएको प्रतियोगितामा कोरियोग्राफर तथा नृत्य निर्देशक रेशम न्यौपाने, मिसेज तिज नेपाल रोजी श्रेष्ठ , व्युव्टीसियन माया पुन र मिष्टर नेपाल थर्डरनर अप श्रीराम चन्द निर्णायक रहेका थिए । प्रतियोगितामा नविन झ्याडी मगर अर्गनाइजर च्वाइस तथा बुद्धिमाया राना मगरले भ्यूअर भ्वाइस उपाधि जितेका थिए । कार्यक्रममा आकास पुन मगरको कोरियोग्राफर रहेको कार्यक्रमको संयोजन दिपा पुन मगरले गर्नुभएको थियो ।

६ हप्ता भन्दा लामो प्रशिक्षण पछि सम्पन्न भएको प्रतियोगितामा सौन्र्दय व्यवसायी सुमन गुरुङ्ग प्रमुख अतिथि रहनु भएको कार्यक्रममा एम्विसन फेसन होमका निर्देशक प्रविन पुन मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button