पोखरा २२ मा पर्यटन प्रबर्धनमा एमालेको जोड

पोखरा २८, वैशाख-
पोखरा लेखनाथ महानगरपालिकाका वडा नम्बर २२ मा नेपका एमालेले पर्यटन प्रबर्धनमा जोड दिने भएको छ । एमाले वडा २२ का अध्यक्षका उम्मेदवार मित्रलाल बरालले पोखरा बजारसंगै रहेको २२ वडामा धेरै पर्यटनको सम्भावन भएकोले पर्यटन प्रबर्धनमा गरी स्थानिय जनताको आयश्रोत बढाउने आफुहरुको मुख्य मुद्धा रहेको बताए ।

विश्व शान्ति स्तुता देखि पुम्दीकोटमा निमार्ण हुने बिशाल महादेवको मुर्ति निमार्ण पश्चात कालाभाङ घडेरी, उल्लेरीसम्मको क्षेत्रमा पर्यटकहरु सहज ढंगले जाने वातावरण तयार पार्ने योजना सहित पोखरा २२ का अधिकाशं बस्तीहरुसम्म जोड्ने कच्ची सडकलाई ५ बर्ष भित्रमा कालोपत्रे गर्ने बरालले बताए । आफु वडा अध्यक्षमा विजयी भएमा तिलाहार देखि वडा कार्यालयसम्म जानको लागि कालोपत्रे सडक तत्काल निमार्ण गर्ने, वडा कार्यालयको भवत समेत निमार्ण गर्ने, थाप्लेडाँडा तथा निगालेडाँडामा पर्यटन प्रवद्र्धनमा जोड दिने, शान्ति स्तुपाँ हुदै कालाभाङ हुदै पन्चासेसम्मको ट्रेकिङ रुट संचालन गरिने योजना रहेको बरालले बताए ।

शुक्रराज माविलाई प्राविधिक शिक्षाको केन्द्र स्थापना गरिने, दुई बर्ष भित्र एक घर धारा जडान गरिने, प्राकृतिक प्रकोप उद्धारकोषको स्थापना, ५ बर्ष भित्र वडाका मुखय चोक तथा बस्तीमा सोलारलाईट जडान गर्ने, विपदव्याबस्थापन सम्बन्धि युवाहरुलाई तालिम, छात्रबृत्ति कोष स्थापना, भुमिहिनलाई उचित व्यबस्थापन, वडा भित्रै एम्वुलेन्स सेवा संचालन गर्ने, न्यूनतम १० शैयाको वडामै अस्पताल स्थापना गरिने, तिलाहार देखि तारेभिर चिसापानीसम्म पक्कीसडक निमार्ण गरिने, गोवर ग्यास प्लान सहुलियतमा व्यबस्थापन गर्ने, कृषिलाई व्यवसायीक बनाउन उन्नत जातको विउ, मल र प्रविधी प्रदान गर्ने, ३ सय जना क्षेमताको सहभाहल निमार्ण गर्ने, सेवाग्राहिहरुलाई छिटो छरितो रुपमा सेवा प्रवाह गर्ने, बृद्धा भक्ता टोल टोलमा वितरण गर्ने र जेष्ठ नागरिकलाई यातयात र औषधिमा ५० प्रतिशत छुट कान्वयन गराउने लगायतका मुद्धालिएर आफुहरु चुनावी मैदानमा उत्र्रिएको अध्यक्षका प्रत्यासी बरालले बताए ।

वडा नम्बर २२ का एमाले सदस्यका उम्मेदवारहरुमा महिला सदस्यमा कुमारी शर्मा, खुल्ला सदस्य ओम कुमारी गुरुङ, दलित महिला सदस्यमा सिता विक र खुल्ला सदस्यमा चेतभक्त शर्मा बरालले रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button