गत बर्षको विजेता मनाङ आहा राराको सेमिफाईनलमा

पोखरा-

धरान फुटवल क्लवलाई सहज रुपमा पनछाउदै गत बर्षको विजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव पोखरामा जारी १५ औं संस्करणको आहा रारा गोल्ड कपको सेमिफाईनलमा प्रबेस गरेको छ ।

आईतबार हजारौं दर्शकहरु माझ भएको पोखरा रंगशालामा भएको दोश्रो क्वाटरफाईनल खेलमा आहा राराको ४ पटक विजेता मनाङले धरानलाई ४–१ को सहज जित दर्ता गरी अन्तिम चारमा स्थान पक्का गरेकोे हो । सहाराको जितमा म्यान अफ दी म्याच घोषित सुजल श्रेष्ठ र कप्तान अनिल गुरुङले दुई÷दुई गोल गरे । धरानका दिपक राईले गरेको गोल शान्त्वना भयो ।

खेलको ३३ औं मिनेटमा अनिल गुरुङले दिएकोे त्रस वललाई सदुपयोग गर्दै सुजल श्रेष्ठले हेड गोल गरी खाता खोलेका हुन । करीब ६ यार्ड नजिकबाट श्रेष्ठले हेड गर्दा विपक्षि गोलरक्षक पुर्ण चेम्जोङले बचाउन सकेनन उनको हातबाट फुत्केर क्रस वारमा लागि वलले जाली चुमेको थियो । खेलको ४१ औं मिनेटमा कप्तान अनिल गुरुङले गोल गरी जित सुनिस्चित पारे । डिफेन्स खेलाडी हेम गुरुङलाई छल्दै दाँया साईडबाट फस्ट वार च्याप्दै करीब ६ यार्ड नजिकबाट गुरुङले उत्कृष्ट गोल गरे । खेलको ६० औं मिनेटमा रोहित चन्दले बाया साइृडबाट निकालेको क्रस वललाई अनिल गुरुङले हेड गोल गरे । खेलको ६३ औं मिनेटमा अनिल गुरुङको पासमा सुजल श्रेष्ठले गोल गरी आफ्नो टिमलाई ४–० को अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा धरानका दिपक राईले शान्त्वना एक गोल गरे। राईले करीब २० यार्ड नजिकबाट फष्ट वार च्याप्दै वल प्रहार गरेका हुन ।

आहा राराको क्वाटरफाईनलबाट माथि उक्लिन नसेकको धरान फुटवल क्लव यस पाली पनि राम्रो तालमेल गरी खेल्न नसकेपछि मनाङसंग पराजित हुनु पर्यो । १२ औं आहा रारामा दोश्रो क्वाटरफाईनल खेलमै नेपाल पुलिससंग धरान २–० ले पराजित भएको थियो। खेलको ३१ औं मिनेटमा निशान लिम्वुले करीब २५ यार्ड नजिकबाट पोष्ट तर्फ प्रहार गरेको वल फष्ट वार नजिकैबाट बाहिरिएको थियो । खेलको ४९ औं मिनेटमा निशान लिम्वुले नै पेनाल्टी एरीया नजिकैबाट प्रहार गरेको वल फष्ट वार हुदै बाहिरिएको थियो। खेलको अन्तिम समयमा दिपक राईले पेनाल्टी एरिया नजिकै पाएको वललाई सदुपयोग गर्नसकेनन । उनले प्रहार गरेको वल पोष्ट माथिबाट बाहिरिएकोे थियो । मनाङका विदेशी खेलाडी ओलावालेले पाएका ५ वटा राम्रा अवसरहरु सदुपयोग हुन नसक्दा फराकिलो गोल अन्तर पार्ने अवसर गुमेको थियो। त्यस्तै विक्रम लामा, अनिल गुरुङको समेत पाएका केहि अवसर खेर गएका थिए । समुह बी मा रहेको मनाङले दोश्रो सेमिफाईनल खेल संकटा क्लव बिरुद्ध बंगलादेशको फ्राशगञ्ज एस सि संग माघ ११ गते हुने अन्तिम क्वाटरफाईनलको विजेतासंग सेमिफाईनलमा प्रतिष्प्रर्धा गर्ने भएको छ ।

डिफेण्डिङ च्याम्पियन मनाङ सिधै वाई पाएर क्वाटरफाईनलमा यात्रा बनाउदा धरानले सशस्त्र प्रहरी वलको एपिएफलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा तय गरेको थियो। धरानका प्रशिक्षक सुवास केसी आफ्ना खेलाडीहरु विजय धिमाल सहितका खेलाडीहरु घाईते भएको र पहिलो हापमा दुई गोल भएकोले हार्नु परेको बताए । मनाङका प्रशिक्षक छिरिङ सोप्साङ (गुरुङ) ले आफुहरु बंगलादेशमा अन्तराष्ट्रिय खेल खेल्ने तयारी गरेकोले आफ्ना खेलाडीहरुले धरानसंग बढी आत्मविश्वासका साथ खेलेकोले अझ धेरै गोल हुनु पर्नेमा कम भएको प्रतिकृया दिए ।

भोलि सोमबार तेश्रो क्वाटरफाईनल खेलमा त्रिभुवन आर्मी क्लव बिरुद्ध रमपम झापा ११ फुटवल क्लव बिच हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए । झापाले अमेरीकाको एएनए टिमलाई पराजित गरी क्वाटरफाईनलमा यात्रा बनाउदा गत बर्षको उपविजेता आर्मीले सिधै वाई पाएर क्वाटरफाइृनलमा यात्रा पाएको हो ।

खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने नारा सहित आयोजना हुने उक्त प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन गरेको हो । नेपाल टेलिकको तर्फबाट प्रतियोगिता अवलोकन गर्ने दर्शकलाई प्रबेश टिकटमा ५० रुपैया व्यालेन्स सहितको सिम कार्ड वितरण गरीएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button