काठमाण्डौमै बिक्छ दैनिक दुई करोडको बिक्छ मःम

पोखरा –

करिब ६० वर्षअघि  उपत्यकाका नेवार समुदायका व्यापारीहरू व्यापारको सिलसिलामा तिब्बत जाने क्रममा मःम काठमाडौंमा भित्रिएको मानिन्छ  ।

जाडोयाममा चीनको तिब्बतस्थित ल्हासामा अत्यधिक चिसो हुने भएपछि नेपालका नेवारी समुदायका व्यापारी ८ महिना ल्हासा र चार महिना नेपाल बस्थे । यसरी लामो समय तिब्बतमा बस्दा उनीहरू मःमको पारखी बनी नेपालमा पनि भित्रयाएका हुन् । चीनमा बन्ने मःमको आकार नेपालमा पाइनेभन्दा ठूलो हुन्छ । नेपालमा भने यहा“का व्यापारीहरूले आफ्नै शैलीमा ढालेर मःमलाई सर्वप्रिय बनाउँदै लगे । तिब्बती खान्की मोहमोःलाई नेपाल भित्रिएपछि मःम भन्न थार्लिएको जानकारहरू बताउँछन्

ठेलादेखि पाँचतारेसम्म, सर्वसाधारणदेखि भिआइपीसम्म । सहरी क्षेत्रमा खाजाको पहिलो रोजाइमा मःमकै राज छ । तिब्बतबाट नेपालमा भित्रिएको यो परिकारले मेनुमा कब्जा जमाएसँगै राजधानीमा मःमको दैनिक करोडौँको कारोबार हुन थालेको छ । फास्टफुड व्यवसायमा मःम सर्वाधिक लोकप्रिय छ । काठमाडौंका पाँचतारे होटेलदेखि सडकको छेउमा ठेलागाडामा समेत मःम नै ग्राहकहरूले खाजामा धेरै रोज्ने गरेका छन् । मःम एक प्लेटको ६० रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ठेलागाडादेखि सामान्य होटेल तथा खाजाघरहरूमा मःम प्रतिप्लेट ६० देखि एक सय रुपैयाँमा पाइए पनि रेस्टुरेन्ट तथा ठूला होटेलहरूमा त्योभन्दा बढी मूल्यमा बिक्री हुन्छ ।

नेपालमा दैनिक रूपमा कति मःम बिक्री हुन्छ र कति होटेल तथा रेस्टुरेन्टहरूबाट मःम बिक्री हुन्छ भन्ने आधिकारिक तथ्यांक छैन । व्यवसायीको अनुमानअनुसार काठमाडाैँ उपत्यकामा मात्र दैनिक दुई करोड रुपैयाँको मःम बिक्री हुन्छ । जसमध्ये सबैभन्दा बढी बफ मःमकै कारोबार हुन्छ । बफपछि भेज, चिकेन, पनिर, मटन मःमको बिक्री बढी हुने गरेको छ । तुलनात्मक रूपमा भेज र चिकेन मःम करिब बराबरजस्तो बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।

पशुसेवा विभागको केन्द्रीय भेडाबाख्रा प्रवद्र्धन कार्यालयका पशु विकास अधिकृत देवी मजाकोटीका अनुसार काठमाडौं उपत्यकामा दैनिक चार सय २० वटाजति राँगाभैँसी काटिन्छ । त्यस्तै दैनिक दुई हजार ६ सय बढी खसीबोका र २३ हजार कुखुरा काटिन्छ । उनका अनुसार बंगुरको यकिन तथ्यांक भने राखिएको छैन । यद्यपि दैनिक कम्तीमा एक ट्रक बंगुर भित्रिने गरेको छ । जसअनुसार काठमाडौंमा दैनिक २५ वटाभन्दा बढी बंगुर काटिन्छ ।

स्रोत – नयाँ पत्रिका –    https://www.enayapatrika.com/2017/02/19/126905/

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button