सरकारबाट समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय, फागुन २४ र २५ गते मधेश बन्दको घोषणा

काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि बसेको मोर्चाको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
सोमबार साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले गरेको निर्णयबारे भोलि औपचारिक रुपमा दिएको समर्थन फिर्ताको पत्र बुझाउने छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सभामुखलाई भोलि मोर्चाको पत्र बुझाउने रातोपाटीलाई जानकारी दिए ।
त्यस्तै, फागुन २४ र २५ गते मधेश बन्दको पनि आह्वान गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button