पोखरामा तरुण दलको महाधिवेशनको प्रचारमा मोटरसाइकल ¥याली

पोखरा-

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको आजदेखि सुरु हुने महाधिवेशनको प्रचारप्रसार एवम् सफलताको लागि आज पोखरामा मोटरसाइकल ¥याली गरिएको छ । पोखराको पृथ्वीचोकबाट सुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 पार्टी सभापतिसहित वरिष्ठ नेता आउने भएपछि बिहान ८.०० बजेदेखि नै पोखरा विमानस्थलमा पार्टीका कार्यकर्ताको भीड लागेको छ ।महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि हिजो साँझ नै पोखरा आइसकेको तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिनुभयो । महाधिवेशनमा लगभग एक हजार ४०० प्रतिनिधि सहभागी हुने र उद्घाटन सत्रमा १० हजार कार्यकर्ताको उपस्थिति रहने काफ्लेले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button