माउन्ट अन्नपुर्ण मावी द्वारा टोल सरसफाइ


पोखरा,
मुलुक निर्वाचनमा होमीरहेको वेला नदीपुर स्थित माउन्ट अन्नपुर्ण मावीले भने टोलको सर सफाई गरेको छ । ‘असल छिमेकीका लागि असल विद्यालय’ भन्ने उदघोषका साथ विद्यालयमा अध्ययनरत करिव ३ सय विद्यार्थी र शिक्षकहरुले नदीपुरका विभिन्न स्थानमा सरसफाई अभियान सुरु गरेका छन ।

सरसफाई अभियानको प्रारम्भ गर्दै वरिष्ठ साहित्यकार एवम काटुनिष्ट दुर्गा बराल ‘वात्स्यान’ले यस प्रकारको अभियानले समाजमा जागरुकता ल्याउन भुमिका खेल्ने वताए । आफु यस्तो महत्वपुर्ण कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको वताउँदै उनले पोखरालाई स्वच्छ, सुन्दर र हराभरा वनाउन पनि यस प्रकारका कार्यक्रम सहयोगी हुने वताए ।

सो अवसरमा कसमस ग्रुपका अध्यक्ष तेज गुरुङ्गले सामाजिक अभियान अन्तर्गत विद्यालयले विभिन्न कार्यहरुको थालनी गरेको जानकारी दिंदै आफ्नो गाँउ टोलमा रहेका विद्यालयहरुले यस प्रकारको कार्यक्रमहरु गर्नु समाजको लागि राम्रो हुने वताए । ‘सवै विद्यालयहरुले आफ्ना छर छिमेकमा यस्ता अभियान संचालन गर्नु पर्छ’ उनले जोड दिंदै भने–‘विद्यार्थीहरुमा सामाजिक जागरुकता र उत्तरदायित्वका लागि पनि यस्ता सामाजिक अभियान आवश्यक छ ।’

कसमस गु्रप द्वारा संचालित माउन्ट अन्नपुर्ण मावीमा कक्षा १० मा अध्ययानरत विद्यार्थी द्वारा गठित ‘सोसियल सर्भिस क्लव’ले गरेको सरसफाई अभियानमा विद्यालयका अध्यक्ष चिज काजी गुरुङ्ग, नदिपुर टोल सुधार समितीका अध्यक्ष कर्ण वहादुर पुन, कक्षा ९ मा अध्ययनरत क्लवका उपाध्यक्ष कविता साह, कक्षा १० मा अध्ययनरत क्लवका सचिव डिना पुन लगाएतले वोलेका थिए । कार्यक्रम क्लवका अध्यक्ष कक्षा १० मा अध्ययनरत सुदिप सुवेदीको अध्यक्षतामा भएको थियो । उक्त सरसफाई अभियानमा नदीपुर बाल मन्दिर प्रहरी विटका प्रहरीहरु समेत सहभागी थिए ।
पोखरा नदिपुरमा अवस्थित माउन्ट अन्नपुर्ण मावी पोखराको पहिलो निजी विद्यालय समेत हो । कक्षा १२ सम्म पढाई हुने सो विदालयमा कक्षा १२ मा होटल म्यानेजमेन्ट र व्यवस्थापनमा पठन पाठन हुँदै आएको छ भने भने करिव ७ सय ५० जना विद्यार्थी रहेका छन ।
फोटोः मनीलाल गुरुङ्ग

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button