पोखराको माउन्ट कैलाश रिसोर्टले फ्रान्समा हात पार्यो ‘इन्टरनेशनल बिड क्वालिटी’ अवार्ड

पोखरा –

फ्रान्स को राजधानी पेरिसमा सम्पन्न इन्टरनेशनल बिड क्वालिटी कन्भेन्सन पेरिस २०१६ मा नेपालले अवार्ड हात पारेको छ । नेपाल पहिलो पटक छानिएको हो ।

नेपालबाट माउन्ट कैलाश रिसोर्ट पोखराले इन्टरनेशनल गोल्ड स्टार फर क्वालिटी शिर्षकमा बिड क्वालिटीअवार्ड २०१६ पाउन सफल भएको छ ।

hotel-mount-kailash-awarded

बिश्वभरी रहेका विभिन्न निजी कम्पनीले दिने सेवा सुबिधाको मुल्यांकन गरेर हरेक बर्ष बिजनेस ईन्टिय़टिभ डिरेक्सन (बीआइडी) ले वर्ल्ड क्वालिटी कामिनमेन्ट अवार्ड गर्दै आएको छ ।

माउन्ट कैलाश रिसोर्ट पोखरा यो अवार्ड पाउने नेपालको पहिलो रिसोर्ट भएको छ । पेरिसको होटेल हायातमा सम्पन्न कार्यक्रममा रिसोर्ट पोखराका अध्क्षय नरेश भट्टराइले अवार्ड थपेका हुन् ।

अवार्डले माउन्ट कैलाश रिसोर्ट पोखरा मात्र नभई पोखरा र सिंगो नेपालको र नेपालको पर्यटन क्षेत्रको शिर विश्वसामु ठाडो परेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button