यसरी पायो पोखराको माउण्ट कैलाश रिसोर्टले एक पछि अर्को अन्तराष्ट्रिय अवार्ड

पोखरा –

पोखराको माउण्ट कैलाश रिर्सोटले एक पछि अर्को अवार्ड प्राप्त गर्न सफल भएको छ । लेकसाइडमा अवस्थित रिसोर्टले २ महिना अगाडी फ्रान्समा र हालसालै  वेलायतमा गरि अन्तराष्ट्रिय ख्यातिप्राप्त दुई अवार्ड प्राप्त गर्न सफल भएको हो ।

गत कार्तिक महिनामा  फ्रान्सको राजधानि पेरिसमा सम्पन्न ईन्टरनेश्नल विड क्वालीटी कन्भेन्सनमा इन्टरनेश्नल गोल्ड स्टार फर क्वालीटी शिर्षकमा“विड क्वालीटी अवार्ड ” प्राप्त गर्न सफल भएको रिसोर्टले दुइ महिना बित्न नपाउदै बेलायतको  यूरोप बिजनेश एसेम्ब्ली ईबीए वाट   ‘बेष्ट इन्टरप्राइज अवार्ड ’ सहित ‘म्यानेजर अफ दि इयर’ को उपाधि प्राप्त गरेको छ । पेरिसको होटेल हायातमा कार्तिक महिनामा सम्पन्न कार्यक्रममा रिसोर्टले संसारभरका विभिन्न निजी कम्पनीले दिने सेवा सुबिधाको गुणस्तरको मुल्यांकनको आधारमा प्रत्येक बर्ष बिजनेस ईन्टिय़टिभ डिरेक्सन (बीआइडी) ले प्रदान गर्ने वर्ल्ड क्वालिटी कमिनमेन्ट प्राप्त गरेको थियो ।  होटल नेपालकै अग्र पंत्तिमा रहन सफल भएको राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा उच्च ख्याती प्राप्त  गर्न सफल भएको तथा प्रतिस्पर्धात्मक हिसाबवाट र गुणस्तरीय सेवा वाट सबैको मन जित्न  सफल भएकोले रिसोर्टले बेष्ट इन्टरप्राइज अवार्ड प्राप्त गरेको हो  । माउण्ट कैलाश रिसोर्टले वेष्टईन्टरप्राईज अवार्ड पाउनको लागि आवश्यक पर्ने सम्पुर्ण मापदण्ड पुरा गरेको सोक्रेट्स नोमिनेशन कमिटिद्धारा भट्टराईलाई प्रदान गरीएको पत्रमा भनिएको  छ ।  पत्रमा अगाडी होटलका संचालक म्यानेजर अफ दी ईयर मेडलका लागि  उपयुक्त छन भनिएको छ । दुवै अवार्ड रिसोर्टका संचालक  नरेश भट्टराइले  आफ्नै उपस्थितिमा  थापेका हुन् । माउन्ट कैलाश रिसोर्ट पोखरा यसरी अवार्ड पाउने नेपालकै  पहिलो रिसोर्ट समेत  भएको छ ।

उपाधि हात पारे पछि पोखरा न्युज डटकम संग टेलिफोनमा कुरा गर्दै रिसोर्टका संचालक  भट्टराईले अवार्डले माउन्ट कैलाश रिसोर्ट पोखराको मात्र  नभई पोखरा र सिंगो नेपालकोतथा नेपालको पर्यटन क्षेत्रलाइ खुसी बनाएको महशुस आफुले गरेको बताए ।  आफ्नो ७  बर्षको सेवामा  अन्तराष्ट्रिय स्तरका दुई उपाधि प्राप्त गर्नुमा  रिसोर्ट टिम र सम्पूर्ण पोखरेलीको हात रहेको पनि उनले बताए । ५१ वटा रुम रहेको उक्त  रिसोर्टमा ९५ जना कर्मचारीले रोजगार प्राप्त गरेका  छन । रिसोर्टमा  २ सय र ३ सय क्षमताको दुई वटा सभाहल समेत रहेका छन् ।

सोहि कार्यक्रममा भिवोेर सोसाईटी डेभलपमेन्ट बैंक अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भिवोरले एसिया प्रान्तकै उत्कृष्ट बैंकको अवार्ड प्राप्त गर्न सफल भएको हो । बैंकका अध्यक्ष शुसिलराज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button