तेस्रो पर्वतीय महोत्सवमा १५ हजार दर्शक

वोल्डरीङ प्रतियोगिता पुरुषतर्फ भारतका सन्दीप र महिला तर्फ नेपाली राष्ट्रिय खेलाडी तामाङलाई उपाधि

पोखरा-

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा पोखरामा आयोजना भएको दुई दिने तेस्रो पर्वतीय महोत्सवमा करीब १५ हजार दर्शक भित्रिएसंगै आईतबार महोत्सव सकिएको छ ।

नेपाल पर्वतारोहण संघको आयोजनामा शनिबार देखि सुरु महोत्सवमा आन्तरीक तथा बाह्यि पर्यटक सहित करीब १५ हजार जना पर्यटकहरु महोत्सवमा सहभागि भएको नेपाल पर्वतारोहण संघ अन्नपुर्ण शाखाका अध्यक्ष कृष्ण प्रसाद काफ्लेले जनाए । महोत्सवमा हस्तकला, शैक्षिक सम्बन्धि, अर्गानीक कृषि उत्पादन, सोलार, रेष्टुरेण्ट सहितका ४० वटा स्टलहरु रहेका थिए ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखराको परिसरमा सञ्चालन भएको महोत्सवमा प्रवेश निःशुल्क रहेको थियो । पर्वतीय पर्यावरण संरक्षण र पर्यटन संस्कृतिको प्रवद्र्धनका साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिदै आएको महोत्सव संयोजक कुशल गुरुङले बताए । “पर्वतीय संस्कृतिः विविधतालाई स्विकार र परिचयलाई मजबुत” भन्ने नाराका साथ हुने महोत्सव सम्पन्न गर्न १३ लाख १३ हजार खर्च लाग्ने आयोजकले जनाएको छ । पर्वतीय क्षेत्रका मानिसहरुको जिविकोपार्जनमा अभिवृद्धि गर्न ज्ञान, सीप र प्रविधिको आदान प्रदान तथा पर्वतीय उत्पादनलाई अभिप्रेरित गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको संघका सल्लाहकार डा. गणेश गुरुङले बताए । महोत्सवमा लोक दोहोरी गीत समेत प्रस्तुतः गरीएको थियो ।

यसैबिच, महोत्सवमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खुल्ला वोल्डरीङ (कृतिम आरोहण विधि) प्रतियोगितामा पुरुषतर्फ भारतका सन्दीप र महिला तर्फ नेपाली राष्ट्रिय खेलाडी पन्च माया तामाङले उपाधि जितेका छन । पुरुष तर्फ १७ प्रतियोगिताहरुलाई पछि पार्दै सन्दस्पले उपाधि जिते भने महिला तर्फ १६ जनालाई पछि पार्दै उपाधि सहित जनहि ५०÷५० हजार नगद पुरस्कार पाएका हुन । प्रतियोगितामा पुरुष तर्फ वेलायतका देव दोश्रो हुदै ३० हजार, नेपाली राष्ट्रिय खेलाडी अनिलमान श्रेष्ठ तेश्रो हुदै २० हजार नगद पुरस्कार प्राप्त गरे । महिला तर्फ नेपाली खेलाडी स्वस्तीका चौधरी दोश्रो हुदै ३० हजार पुरस्कार पाईन भने तेश्रो भएकी रुसा प्रधानले पुरस्कार स्वरुप २० हजार पुरस्कार प्राप्त गरीन । प्रतियोगितामा पुरुष तर्फ १८ , महिला तर्फ १७ जना सहभागि भएको प्रशिक्षक प्रेम बहादुर गुरुङले बताए ।

त्यसै गरी महोत्सवमा छेलो प्रतियोगितामा पोखरा पार्दी विरौटाका रिजन गुरुङ प्रथम भएका छन । प्रतियोगितामा पार्दीकै राजेस गुरुङ दोश्रो र पोखरा २५, खाडेखोलाका सुरज गुरुङ तेश्रो भए । विजेताले १०, उपविजेताले ५ हजार पुरस्कार प्राप्त गरेको कालावाङ घरेडी पोखरा तमु समाजका रामचन्द्र गुरुङले बताए । समाजले उक्त प्रतियोगिताको समन्वय गरेको हो । त्यसै गरी महोत्सवमा परम्परागत तारा खेल समेत भएको खेल संयोजक सुमित शेरचनले बताए । उनका अनुसार विदेशी सहित खेलमा एक सय ५० जना सहभागि भएका थिए भने ६ जनाले खोल हानेका थिए । संयुक्त राष्ट्र संघले हरेक वर्ष ११ डिसेम्बरलाई अन्तर्राष्ट्रिय पर्वतीय दिवसका रुपमा मनाउने गरे अनुरुप संघले तीन वर्ष अघिदेखि महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा प्रबेश निशुल्क भएकोले बाहिरबाट समेत पर्यटकहरु अन्तराष्ट्रिय पवतीय संग्राहलयमा समेत दर्शकहरुले अवलोकन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button