पोखरामा भारतको चर्चीत व्याण्ड सिलोङ च्याम्वरको सांगीतीक प्रस्तुती

पोखरा-

भारतको चर्चीत व्याण्ड सिलोङ च्याम्वर चोईर सांगीतीक समुहको पोखरामा यही माघ ९ गते आइतबार प्रस्तुती हुने भएको छ ।

भारतीय राजदुतावास र नेपाल भारत मैत्रि संघ केन्द्रिय कार्यालय तथा कास्की शाखाको संयुक्त आयोजनामा आइतबार पोखरा सभागृह हलमा उक्त कार्यक्रम हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । संघ कास्कीका अध्यक्ष ऋषिराम सापकोटाले नेपाल र भारतमा भएका साङगीतीक र सास्कृतीक मौलिकताहरुको माध्यमबाट जनस्तरमा भावनात्मक सद्भाव एवं मैत्रिपुर्ण सम्वन्ध कायम गर्ने उद्धेश्यले उक्त कार्यक्रम हुन लागेको बताए । विश्व प्रख्यात भारतको उक्त टिम पोखरामा आउनु र पोखरामा सांगीतीक कार्यक्रम प्रस्तुतः गर्नू पोखराको लागि ठुलो उपलब्धि भएको उनले जनाए । उनले भने “ हामीले आयोजना गर्ने कार्यक्रममा नेपाली कला संस्कृतिको बारेमा हिमाली सांस्कृतिक परिवारको समुहले करीब एक घण्टा र भारतीय सांगीतीक समुहले एक घण्टा गरी दुई घण्टाको मात्र कार्यक्रम हुने भएको छ । ”

प्रबेस निशुल्क रहेको कार्यक्रममा सहभागि हुने व्यक्तिहरुलाई संघले विभिन्न क्षेत्रबाट निमन्त्रणा पत्र तथा पास वितरण गरेको संघ कास्कीका उपाध्यक्ष जगन गुरुङले बताए । दुई देश विचको सांगीतीक कार्यक्रम प्रस्तुत हुने भएकोले कार्यक्रममा करीब एक हजार भन्दा बढी सहभागि हुने आफुहरुले अपेक्षा गरेको गुरुङले जनाए । उक्त सांस्कृतीक टीमहरुको व्यबस्थापन भने भारतीय राजदुतावासले गर्ने भएको उनले जनाए । अमेरीकी राष्ट्रपती बाराक ओबामाको सम्मानमा भारतको राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा समेत उक्त टिम बाट सांगीतीक कार्यक्रम प्रस्तुत भएको अध्यक्ष सापकोटाले जनाए । देशका विभिन्न शहरहरुकमा उक्त कार्यक्रम हुदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button