मुक्तिनाथ दर्शन गरि फर्किदै गरेका भारतिय पर्यटककोे मृत्यु

डीएनबी, पोखरा-
मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गरि मुस्ताङ बजार फर्किदै गरेका एक भारतिय नागरिककोे मृत्यु भएको छ। भारतको आन्ध्राप्रदेशका ६५ बर्षीय बृद्ध फेङका तास वरारको सुक्रबार अपरान्हः ५ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान मुक्तिनाथ मन्दिरको दर्शन गरि मुस्ताङ बजारमा फर्किर्दै गर्दा दिउसो ४ बजेको समयमा बाटोमा बेहोस भई ढलेसंगै उनको उपचारको लागि मुस्ताङ जिल्ला अस्पतालमा पुराएसंगै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनको लेक लागेर मृत्यु हुन सक्ने स्थानिय आशंका गरेका छन । उनको साथमा श्रीमती समेत रहेकोले उनको शव शनिबार मुस्ताङबाट पोखरा हुदै टिचिङ हस्पिटल पठाइएको पश्चिमाञ्चल क्षेत्रिय प्रशासक याम कुमारी खतिवडाले बताईन ।

वरार सहितको एक टिम दर्शन गर्न शुक्रबार मुक्तिनाथ पुगेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button