गाडीभित्रै जलाएर चालकको हत्या गर्ने दुई पक्राउ, एक अझै फरार

४ माघ-

दुई महिनाअघि रामेछापको मझुवा गाविसमा चालकसहित गाडीमा आगजनी गरेको आरोपमा रामेछाप प्रहारीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
रामेछापको मझुवा १ निगालपानीमा गत मंसिर ९ गते मे १ ज २१८७ नम्बरको टाटासुमो गाडीभित्र झापा लखनपुर, १ का चालक २७ बर्षीय विशाल खड्कालाई आगो लगाएर हत्या गरिएको थियो ।

घटनामा संलग्नताको आरोपमा प्रहरीले तेह्रथुम पौठाकका २६ बर्षीय मनकुमार लिम्बु र रसुवा सरनथलीकी १८ बर्षीया बिन्दू तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको बयान अनुसार मंसिर ८ गते टाटासुमो रिजर्भ गरी काठमाडौंबाट रसुवातर्फ गएका थिए । त्यहीँबाट धादिङ-हेटौंडा हुँदै बार्दिवासहुँदै मंसिर ९ गते बिहान ४ बजे सिन्धुलीको चैनपुर खाल्टेस्थित होटल सेन्तेरेममा चिया खाएर रामेछापतर्फ लागेका थिए ।

रामेछापको सित्खा बजार हुँदै मझुवा -१ निगालपानीमा विहान ६ बजेतिर सुमो चालक विशाल खड्कालाई तीन राउण्ड गोली प्रहार गरी सुमोको पछाडी सिटमा राखेर आगो लगाई हत्या गरेर फरार भएका थिए ।

उक्त घटनाका मुख्य योजनाकार एक जना अझै फरार रहेकाले खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमुद ढुँगेलले जानकारी दिए । उनी रामेछाप जिल्लामै भएको र यस अघि पनि अपराधिक घटनमा संलग्न भई फरार अभियक्तको सूचिमा रहेको उनले जानकारी दिए ।

पक्राउ परेका लिम्बु जनमुक्ति सेनाका पूर्वअयोग्य लडाकु हुन् । अरोपीहरुको साथबाट प्रहरीले जनमुक्ति सेना लेखिएको पर्चा, ४ थान मावाइल, ९ थान मोवाइलका सिमहरुसमेत वरामत गरेको छ ।

स्रोत अनलाइनखबर  https://www.onlinekhabar.com/2017/01/530152/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button