नाको अध्यक्षमा पुनः भट्टराई

पोखरा-
नेपाल हवाई खेलकुद संस्था (ना) को शनिबार पोखरामा सम्पन्न भएको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनबाट पनुः योगेश भट्टराईको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई बर्षको लागि भट्टराइको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।

नाको प्रथम उपाध्यक्षमा सोभित बानिया, द्धितीय उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी, प्राविधिक उपाध्यक्षमा रविन गुरुङ, महासचिवमा वसन्तराज दवाडी, सचिवमा ईन्द्र प्रसाद भण्डारी, कोषाध्यक्षमा कृष्ण हरी सुवेदी, सह–कोषाध्यक्षमा भरत प्रसाद तिमिल्सिना रहेका छन । यस अघि भट्टराई अध्यक्ष, उपाध्यक्षमा वानिया, भण्डारी सचिव, प्राविधिक उपाध्यक्षमा गुरुङ, महासचिवमा दवाडी, सदस्यमा तिमिल्सिना रहेका थिए। ईन्द्र र सुवेदी नयाँ अनुहार हुन । त्यसै गरी सदस्यहरुमा मधुकर सुवेदी, प्रकाश पोखरेल, पुनम वंजन, अनन्तराज पौडेल, चिन बहादुर वानिया, अनिल केसी, चेतबहादुर न्यौपाने, आसिस भट्टराई र असोक पराजुली रहेका छन ।

अध्यक्ष भट्टराईले नियमनकारी निकायलाई जिम्मेवार बहन गराउन पहल गर्ने, अव्यबस्थित प्याराग्लाईडिङ व्यवासायीलाई नयाँ ढंगले तथा पुर्वाधार विकास गर्ने, अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुलाई पु¥याउन विभन्नि प्रतियोगितामा सहभागि गराउने लक्ष्य लिएको बताए । त्यसै गरी उनले खेलाडीलाई प्रोत्साहन गर्ने, प्याराग्लाईडिङ व्यवसायलाई चुस्त दुरुस्त बनाउने, अन्तराष्ट्रिय क्षेत्रमा सहासिक खेल प्याराग्लाईडिङको प्रवद्र्धन गर्ने, नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता सहित प्रि– वल्र्ड कप गराउदै भविश्यमा विश्व वल्र्ड कप गराउने लक्ष्य राखिएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button