औद्योगिक व्यवसाय ऐन २०७३ मजदुरको विरुद्धमा छैन – उद्योग मन्त्री जोशी

पोखरा-
विभिन्न मजदुर संगठनहरुले नयाँ औद्योगीक व्यवसाय ऐन २०७३ को विरोध गरिरहेका वेला सरकारले भने उक्त ऐन मजदुरको विरुद्धमा नभएको बताएको छ । पोखरामा उद्योगी तथा व्यवसायीसँग भएको साक्षात्कार कार्यक्रममा उद्योग मन्त्री नविन्द्र राज जोशिले संविधानमा नै नो वोर्क नो पे उल्लेख भएको हुदा उक्त ऐन मजदुरकोे विरुद्धमा नरहेको बताएका हुन ।

मजदुरको समस्या आफूलाई थाहा भएको बताउदै उद्योगमन्त्री जोशिले भने नयाँ वेद्येयकले मजदुरको अधिकार हनन गरेको छैन । संसदमा यो विद्ययेक सम्पूर्ण पार्टीको समर्थनमा पारित भएको बताउदै उनले यो विद्येयकले उद्योग धन्दाको संख्या वृद्धि गर्न सहयोग पु¥याउने बताए । मन्त्री जोशीले छिट्टै नै नयाँ कम्पनी ऐन आउन लागेको जानकारी दिदै उद्योग दर्ता गर्न चाहनेले अनलाईनबाट कम्पनी दर्ता गर्न सक्ने जानकारी दिए । अव छिट्टै कम्पनी ऐन आउदैछ उनले भने तर ऐन लागु भएपछि कम्पनी दर्ता गरेर निस्कन पाइदैन ।

उनले विदेशियका युवाहरुलाई नेपालमा नै रोजगार दिने वातावरण बनाउनु पर्ने भन्दै उनिहरुलाई रोक्न नसेकेको खण्डमा देश खतरामा पर्ने बताए । वन्दभएका सम्पूर्ण उद्योगहरु पनि छिट्टै सञ्चालनमा आउने उनको भनाई थियो । एक फरक प्रशंगमा उनले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको महाअभियोगको विषयमा पार्टीले उचित निर्णय गर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button