पर्यटन ब्यबसायी भट्टराई पोखरा सडक महोत्सवमा सम्मानित

पोखरा –

पोखराका पर्यटन ब्यबसायी  एबं माउण्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई सडक महोत्सवमा सम्मानित भएका छन् ।

भट्टराई द्वारा संचालित रिर्सोटले करीब दुई महिनाको अवधिमा दुई वटा अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा पोखरेली तथा नेपालकै नाम राख्न सफल भएको भन्दै रेवान पोखराले सडक महोत्सवको अवसरमा उनलाई सम्मानित गरेको हो  ।  शहरी विकास मन्त्री अर्जुननरसिंह केसी, सडक महोत्सव संयोजक गोपि बहादुर भट्टराई, रेवान पोखराका अध्यक्ष चैबहादुर गुरुङले भट्टराईलाई सम्मान पत्रको साथमा दोसल्ला र फुलमालाले सम्मान गरेका हुन ।

केहि दिन अगाडी भट्टराईले बेलायतको अक्सफोर्ड अन्तर्गतको यूरोप बिजनेश एसेम्ब्ली ईबीए ले उक्त रिसोर्टलाई ‘म्यानेजर अफ दि इयर’ को उपाधि सहित ‘बेष्ट इन्टरप्राइज अवार्ड ’ ग्रहण गरेका थिए भने गत कार्तिक पहिलो साता फ्रान्सको राजधानि पेरिसमा सम्पन्न ईन्टरनेश्नल विड क्वालीटी कन्भेन्सन २०१६ मा इन्टरनेश्नल गोल्ड स्टार फर क्वालीटी शिर्षकमा“विड क्वालीटी अवार्ड ” ग्रहण गरेका थिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button