नरेश भट्टराईद्वारा स्वरेकको एम्बुलेन्स अभियानमा आर्थिक सहयोग

पोखरा-

स्याङजाको स्वरेकमा एम्बुलेन्स सञ्चालानार्थ शुरु गरिएको आर्थिक संकलन अभियानमा सहयोग आउनेक्रम जारी रहेको छ ।
यसै विच अभियानमा ऐक्यवद्धता जनाउदै पोखरा लेकसाइड निवासी माउण्ट कैलाश रिसोर्टका अध्यक्ष नरेश भट्टराईले ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

स्वरेक पर्यटकीय गाविस रहेको बताउदै उहाँले एम्बुलेन्स अतिनै आबश्यक रहेकोले अभियान शुरु गर्ने सवै प्रति आभार प्रकट गर्दे भट्टराईले आफ्नो रिसोर्टको तर्फबाट सो रकम दिने घोषणा गर्नुभएको हो । भट्टरार्यले स्वरेक आफु ५,६ पटक पुगेको बताउदै उहाँले स्वरेक आफ्नो घर जस्तो लाग्ने पनि बताउनु भयो । उहाँले स्वरेकीहरुको सुख दःखमा सधै साथ रहने बताउनु भयो ।

देवी तिवारी बालिकाको उपचार बाट स्वरेक संग सम्बध जोडीनु भएका भट्टराईले स्वरेकीहरु लाई ठुलो गुन लगाउनु भएको छ । भट्टराईले मन्दिर बनाउने, विद्यालयमा अक्षयकोष, खेलकुद सामाग्री, आमा समुह लाई आर्थिक सहयोग ,संगै पोखरा बाट जाँउ है स्वरेक अभियाननै सञ्चालन गर्नुभएको थियो । नमुना स्वरेक सामाजिक कोष कतारको पहलमा शुरु भएको एम्बुलेन्स अभियानको स्थानीय ब्यवस्थापन नमुना स्वरेक सहयोगी समाज स्याङजाले गर्दे आएको छ ।

समाजका अध्यक्ष घनश्याम पाण्डेयले सहयोगी मनका धनी भट्टराई प्रति आभार प्रकट गर्देे स्वरेक र नरेश भट्टराई विचको सम्बध दाजु बहिनी विचको पवित्र सम्बध भएको बताउनु भयो । भट्टराई संग भएको स्वरेकको सम्बधले स्वरेक लाई अन्तराष्ट्रियकरण गर्न सहयोग पुगेको बताउनु भयो ।

फाइल तस्बिर – भट्टराईको फेसबुकवाट (khim photography)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button