राष्ट्रिय उसु निर्णायक गोष्ठी पोखरामा

पोखरा –

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपाल उसु संघको तत्वाधानमा पोखरामा राष्ट्रिय उसु निर्णायक गोष्ठी सुरु भएको छ । कात्तिक १३ गतेसम्म जारी रहने गोष्ठीको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

उसु संघ कास्कीका अध्यक्ष योगेन्द्रबहादुर केसीको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेल क्षेत्रमा कसैले पनि राजनीति गर्न नहुने धारणा राखे ।

ushu-in-pokhara

कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, प्रशिक्षक प्रकाश लामा, विद्या मर्सानी, फणिध्वज कार्की लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button