माघको १८ देखि २२ गते सम्म पोखरामा राष्ट्रिय भलिवल प्रतियोगिता हुने

गणेश बराल, पोखरा-
पोखराको रंगशालामा आमन्त्रित महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । सृजना विकास केन्द्रको संयोजनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको बिशेष सहयोगमा  पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघको ब्यबस्थापन रहने गरि आगामी माघ १८ गते देखी २२ गतेसम्म सिर्जना आमन्त्रण महिला-पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने  भएको हो ।

पोखरा रंगशालामा  निर्माणाधीन भलिवल ट्रेनिङ सेन्टरमा रबर म्याट को प्रयोग गरि लिगकम नकआउटको आधारमा खेल खेलाईने जानकारी आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत गराइएको हो । प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका महिला तथा पुरुष दुबैतर्फ खेलाडीहरु संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबलको एपिएफ क्लव, आयोजकको पश्चिमाञ्चल भलिवल संघ, न्यू डायमन्ड एकेडेमी र  हेल्प नेपाल स्पोर्टस् क्लव लगाएतको  प्रतिष्पर्धा रहने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाख ५५ हजार ५ सय ५५ तथा दोश्रो हुनेलाई ७७ हजार ७ सय ७७ को साथमा मेडल, प्रमाणपत्र  र ट्रफी प्रदान गरिने आयोजकले बताएको छ ।  प्रतियोगिता सम्पन्न गर्न अनुमानित १८ लाख ६५ हजार रुपैयाँ खर्च हुने  जनाउदै आयोजकले प्रतियोगितामा   लिग चरणका खेलहरुका लागि १ सय, सेमीफाइनलका खेलहरुका लागि १ सय ५०  र फाइनल खेलका लागि २ सय रुपैयाँ टिकटदर तोकिएको जानकारी दिएको छ ।

प्रतियोगिताका लागि  संयोजनको भूमिका खेलेको सृजना विकास केन्द्रले प्रतियोगितामा ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । आइतवारै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र सृजना विकास केन्द्रबीच  ७ लाख रुपैयाँ प्रदान गर्नेगरि सम्झौता भएको हो । सम्झौता पत्रमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तर्फबाट समितिका अध्यक्ष खगराज पौडेल र सृजना विकास केन्द्रको तर्फबाट विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै केन्द्रका अध्यक्ष श्रेष्ठले  खेलको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन थप्ने उधेश्यलेआफुहरुले संयोजनको भूमिका निर्वाह गर्ने  बताउदै  सबैको साथ र समर्थन रहेमा आगामी वर्षहरुमा पनि सहकार्य गर्ने बताए ।श्रेष्ठले टिकटबाट संकलन भएको कुल रकमको  दश प्रतिशत रकम  केन्द्रद्वारा सञ्चालित सृजना वालगृह महतगौंडाका द्वन्द्व प्रभावित वालवालिकाको सहयोगार्थ  खर्च गरिने  बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button