सेती नदीले बनाएको नेचुरल रक गार्डेन पर्यटकको पर्खाईमा

धन बस्नेत,पोखरा न्युज ।

सेती गहिरिएर बगेको छ । बगेको पानीको रटाईले प्राकृतिक आकर्षण पनि बनाएको छ । पानीले चट्टानमा बनाएको प्राकृतिक आकृतिलाई पर्यटकीय दृष्टिकोण दिन सकिएको छैन् । चट्टानमा प्राकृतिक रुपमा कु“दिएको चित्रले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सहज हुने विश्वास लिइएको छ । यद्यपी यसको ठोस पहल कदमी भने कतैबाट भएको छैन् ।

सेतीले बनाएको चट्टानी प्रकृतिलाई ‘रक गार्डेन’(चट्टान बगैंचा) बनाई पर्यटकीय आकर्षण बनाउनपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । यद्यपी त्यसको संरक्षण र सम्वद्र्धन मात्रै नभई प्रवद्र्धन पनि हुन सकेको छैन् । पोखरास“गै जोडिएको तनहु“को शुक्लागण्डकी नगरपालिका वडा नं ४ र ८ मा पर्छ । प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर प्रवेश गर्ने क्रममा यो रक गार्डेन देख्न सकिन्छ । झण्डै तीन मिटर लम्बाईमा रहेको चट्टानरुपी प्रकृतिलाई व्यवस्थित गरी आवश्यक पुर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने पर्यटनकर्मी डम्बरबहादुर केसी बताउ“छन् ।

रक गार्डेनको क्षेत्र भने तिब्बतीय शरणार्थीको भोगचलनमा छ । शरणार्थीले झण्डै १८ हेक्टर क्षेत्रफल भोगचलन गर्दै आएका छन् । भोगचलनमा रहेपनि नदी किनारको मापदण्ड तोक्दै रक गार्डेनलाई पर्यटकीय आकर्षण बनाउन सकिने शुक्ला गण्डकी पर्यटन प्रवद्र्धन परिषदले औंल्याएको छ । ‘नदीको मापदण्ड लगाई संरक्षण र सम्बद्र्धन गर्न सकिए पर्यटन प्रवद्र्धन हुने छ ।’ परिषदका अध्यक्ष पूर्णकुमार श्रेष्ठले भने—‘त्यसको लागि जिल्ला प्रशासन कार्यालयले समेत निर्देशन दिईसकेको छ ।’

‘मिलिनियम ट्रेक अन्तर्गत पर्ने यो क्षेत्रलाई दीर्घकालिन गुरुयोजना बनाई काम गर्नुपर्ने आवश्यकता छ ।’ समितिका अध्यक्ष पूर्णकुमार श्रेष्ठले भने—‘हामीले रक गार्डेन वरिपरी झण्डै सातसय मिटर फुट ट्रयाक निर्माण गर्ने सोचमा छौं ।’ रक गार्डेन वरिपरी फुट ट्रयाक निर्माण गर्न झण्डै ५० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । पर्यटन तथा सस्कृति मन्त्रालयबाट दुई पटक आएको २० लाख रुपैयाको बजेटले एक छेउ तर्फ फुट ट्रयाक, शौचालय लगायतको पुर्वाधार बनाईएको उनको भनाई थियो ।

‘प्राकृतिक सम्पदालाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्नुपर्छ’ उनले भने—‘त्यसको लागि स्थानीयस्तरबाटै चासो दिनुपर्छ ।’

धार्मिक दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण छ । रक गार्डेन एवं ढोरबाराही मन्दिर परिसरलाई बर्ड वाचिङ सेन्टरको रुपमा समेत विकास गर्नुपर्ने पोखरा पंक्षी समाजका अध्यक्ष हेमन्त ढकालले बताए । उनले ढोरबाराही तथा रक गार्डेन क्षेत्रमा काडे भ्याुकर एवं गिद्धका विभिन्न प्रजाति देख्न सकिने बताए ।

केसीले सन २००१ मा नया“ पदयात्रा मार्गको रेखांकनको क्रममा चट्टानी बगैंचाको अवधारणा सार्वजनिक गरेका हुन् । मध्यपहाडी पदयात्रा मार्ग ‘मिलेनियम टे«क’को रेखांकन गर्ने क्रममा उनले त्यस क्षेत्रका बासिन्दास“ग छलफल समेत गरेका थिए । तनहु“को ढोरफिर्दीदेखि शुरु हुने मिलेनियम ट्रेक स्याङजाको माझकोटमा पुगेर टुगिन्छ । पदयात्रामा फरक स्वाद दिने उद्देश्यसहित शुरुवात गरिएको उक्त पदयात्रा मार्गको प्रवेशद्वारमै रहेको चट्टानी बगैंचालाई मानवीय दिमाग प्रयोग गर्न सकिएको छैन् ।

‘प्रकृतिले पर्यटनको सम्भाव्यता दिएको छ । तर मानवले उपयोग गरी पुर्वाधार विकास गरेर बजारीकरण गर्न सकिएको छैन्’ उनले भने—‘साहसिक खेलदेखि पिकनिक स्पटसम्म बनाई प्रवद्र्धन गर्नुपर्छ । त्यसको लागि प्रत्यक्ष सरोकार राख्ने शुक्ला गण्डकी नगरपालिका तात्नुपर्छ ।’ चट्टानी बगैंचा निर्माण सकिए पोखरा भित्रिने पर्यटकको बसा“ई लम्ब्याउन सकिने छ भने आम्दानीलाई गाउ“कै विकासमा खर्च गर्न सकिने समेत उनको भनाई थियो ।

रक गार्डेन तथा ढोरबाराही मन्दिर परिसर पर्यटन सम्भाव्य अध्ययन समेत गरिएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा पोखराका विभिन्न पर्यटन क्षेत्रमा आवद्ध व्यक्ति एवं भुगर्भ विद प्रा. डा कृष्ण केसी लगायतको टोलीले अध्ययन गरी फर्किएको छ । कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका उपमेयर सविता रसाईलीले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको विकास गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button