निर्वाचन गर्नेवेला कुर्चीमा को वस्ने भन्ने बिबादले देश अस्थिरता तर्फ- डा .भट्टराई

पोखरा –
नयां शक्ति पार्टीका संयोजक एबम् पूर्व प्रधानमन्त्री डा .वावुराम भट्टराईले स्थानीय तहको निर्वाचन गर्ने वेलामा  कुर्चीमा को वस्ने भन्ने बिबादले देश अस्थिरता तर्फ धकेलिएको आरोप लगाएका छन् ।

“ घर घरमा नयाँ शक्ति  ६ महीने अभियान उद्घाटन तथा राजनीतिक धुर्बीकरण “ कार्यक्रमलाई वुधवार लेखनाथको पावरहाउसमा सम्वोधन गर्दै उनले  कुर्चिको लुछाचुँडीमा दलहरु लागेको कारण  देशको राजनीति अवस्था जटिल बन्दै गइरहेको बताएका हुन् ।  प्रतक्ष्य निर्वाचित राष्ट्रपति प्रणाली लागू गर्न सकेको खण्डमा  एउटै व्यक्तिको पांच वर्षसम्म शासन गर्न सक्ने  र त्यसबाट मात्रै  देशमा शान्ति र स्थायीत्व कायम हुने भन्दै  भट्टराईले यो प्रणालीनै भ्रष्टाचार अन्त्यको  प्रमुख उपाए भएको जिकिर गरे । पुराना दल रातारात करोडपति बन्ने दौडमा रहेकाले उनिहरुवाट देशको आर्थिक विकास हुने संभवना नरहेको  दाबी गर्दै भट्टराईले आगामी निर्वाचनमा नयांशक्ति पार्टी पहिलो स्थानमा आउने ठोकुवा गरे । उनले भने, “नयाँ शक्तिले देशको नेतृत्व सम्हालेको खण्डमा पांच वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय दुइ गुर्णा पार्दै, १५ वर्षमा विकसीत राष्ट्र र २५ वर्षमा अमेरीका,जापान र वेलायतको दाजोमा पुर्याउन सक्छ।”

कार्यक्रममा साहासीक पाइलट कर्नेल मदन केसी संगै लेखनाथ र कास्कीका करिव दुई सय ३५ जना  नयां शक्तिमा प्रवेश गरेका थिए । पार्टीका  कास्की संयोजक हेम वहादुर थापाको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा सह संयोजक शम्भु खाँतीले स्वागत मन्तव्य राखेको थिए भने  कार्यक्रमको संचालन केन्द्रिय सदस्य नारायणहरी तिवारीले गरेका थिए।

तस्बिर-भीमपाणि बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button