नयाँ प्याकेजिङ्गको नेबिको सुगर फ्रि डाईजेष्टिभ बिस्कुट पोखराको बजारमा पनि

पोखरा-
नेबिको प्रालिले आफ्नो पुरानै उत्पादन सुगर फ्रि डाइजेस्टिभ बिस्कुटलार्इ नयाँ प्याकेजिङ्ग सहित बजारमा ल्याएको छ । शनिबार पोखरामा एक कार्यक्रमका बीच पोखरा उधोग बाणिज्य संघका अध्यक्ष बिश्वशंकर पालिखे र बिस्कुटका ब्राण्ड एम्बासडर नायक शिब श्रेष्ठले उक्त विस्कुटको पुन लन्च गरेका हुन ।

तिन वर्ष अघि देखिनै प्रालिले बजारमा बिक्रि सुरु गरेको उक्त सुगर फ्रि डाइजेष्टिभ बिस्कुटलार्इ हाल थप गुणस्तरीय तवरले अन्तराष्ट्रिय स्तरको प्याकेजिङ्गमा बजारमा ल्याएको कम्पनीले जनाएको छ । विस्कुटको पुन लन्च गर्दै नायक शिब श्रेष्ठले डाइजेस्टिभ विस्कुट मधुमेह भएका विरामीलाइ मात्र नभएर सबै उपभोक्ताको लागी हितकारी रहेको धारणा राखे ।

एअर टाइट कार्टुनको प्रयोगमा धेरै समय गुणस्तर कायम रहिरहने र लामो समय सम्म उपभोग गर्न मिल्ने हिसाबले प्याक गरि बिस्कुट पुन बजारमा ल्याइएको कम्पनीका कार्यकारी अधिकृत केशब भट्टराईले जनाए । बिदेशी बिस्कुटलाई टक्कर दिने हिसाबले उच्च गुणस्तरमा सुपथ मूल्यमा बिस्कुट बजारमा आएको बताउदै भट्टराईले उपभोक्तालाई ढुक्क भएर उपभोग गर्न अनुरोध गरे । उनले भने, ” हामीले अन्य बिदेशी बिस्कुटको तुलनामा बढी गुणस्तरमा कम मुल्यमा बिस्कुट उपलब्ध गराएका छौ, दाजेर हेर्नुहोस। ”

प्रालिले दुई थरि प्याकेटमा विस्कुट बजारमा ल्याएको बताउदै ११० ग्रामको ५० रुपैयाँ र २२० ग्रामको १०० रुपैयाँ मूल्य निर्धारण गरिएको जनाएको छ । उपभोक्ताको पाचन प्रणालीको सहजिकरण, तौल नियन्त्रण तथा मधुमेह भएका तथा नभएका उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राखी कोलेस्ट्रोल रहित रुपमा बिस्कुट तयार पारिएको कम्पनीको दाबी छ ।

कार्यक्रममा चलचित्र निर्देशक दिपक श्रेष्ठ, प्रालिका ब्रान्ड ब्यबस्थापक अरुण पौडेल, पोखरा उधोग बाणिज्य संघका अध्यक्ष बिश्वशंकर पालिखे लगायतले नेबिको बिस्कुटको बारेमा आ-आफ्नो धारणा राखेका थिए । प्रालिले यस अघि काठमाण्डौमा उक्त बिस्कुटको पुन लन्च गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button