नेपालको विजयी सुरुआत

पोखरा-

चौथो साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । भारतको सिलिगडीमा सोमबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ८—० को फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा सावित्रा भण्डारीले डबल ह्याट्रिक गरेकी छन् ।

भण्डारीले खेलको ५,९,२३, ३५,७२ र ७७ मिनेटमा गोल गरेर डबल ह्याट्रिक गरिन् । खेलमा शर्मिला थापा र कृष्णा खत्रीले एक÷एक गोलको योगदान गरे ।

खेल अवधिमा नेपालले भुटानलाई पुरै दबाबमा राखेको थियो । भुटानले ९० मिनेटमा दुई पटक मात्र नेपालको पोष्ट नजिक बल लगेको थियो । समूह एमा रहेको नेपालले पुस १३ गते माल्दिभ्ससँग खेल्नेछ । नेपालका प्रशिक्षक कुमार थापाले खेलाडीले राम्रो खेलेको बताए । भुटानका प्रशिक्षक सुंग जि यालीले नेपाल बलियो टिम भएको र २० वर्ष माथिको एक जना, अरु सबै त्यो भन्दा कम उमेरका खेलाडी हँुदा राम्रो खेल्न नसकेको बताए ।

प्रतियोगितामा नेपालसहित भारत, बंगालादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान सहभागी छन भने पाकिस्तानले भाग लिएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button