नेपाल र माल्दिभ्स भिड्दै

पोखरा-

चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा बुधबार नेपाल र माल्दिभ्स भिड्ने भएका छन् ।

भारतको सिलिगुडीमा जारी प्रतियोगितामा बुधबार साँझ ६ बजे कञ्चनजंगा खेल मैदानमा माल्दिभ्ससँग नेपालले खेल्नेछ । पहिलो खेलमा नेपालले भुटानलाई ८—० को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले पहिलो साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई ६—० ले समूह चरणमा पराजित गरेको थियो । सन् २०१२ मा पनि नेपालले माल्दिभ्सलाई ५—० ले पराजित गरेको थियो ।

माल्दिभ्सलाई हराउने आत्मविश्वासका साथ नेपाल मैदान प्रवेश गर्दैछ भने माल्दिभ्स त्यसको बदला लिने योजनामा छ । टिमका प्रशिक्षक कुमार थापाले खेल जित्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा माल्दिभ्सले पहिलो खेलमा श्रीलंकालाई सोमबार ५—२ पराजित गरेको थियो । प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button