पोखराको नेपाल-भारत मैत्री विद्यालय मंगलबार देखि संचालन हुने

डीएनबी,

पोखरा-
पोखरा रामबजारको नेपाल भारत मैत्री विद्यालय भोलि (मंगलबार) देखि संचालन हुने भएको छ ।

शुक्रबार देखि अनिश्चितकालका लागी बन्द भएको उक्त बिद्यालयमा भएको समस्या समाधानको लागि शिक्षा मन्त्रालयले सहजीकरण गर्ने भएसंगै मंगलबार देखि बिद्यालय संचालनमा आउने भएको हो । बिद्यालयको समस्या समाधानको लागि शिक्षा मन्त्रालयले आगामी दुई साता भित्र सम्पुर्ण प्रक्रिया  पुरा गरी नविकरणको लागि समय सिमा दिएसंगै मंगलबार देखि उक्त बिद्यालय संचालनमा आउने भएको बिद्यालयका सदस्य सचिव लेफ्टीनेन्ट कर्णेल प्रदिप शर्माले बताए । उनले भने “ बिद्यालयमा हाल नविकरण नहुदा विद्यार्थीको (Equivalent) समकक्षता प्रमाणपत्र नहुँदा उनीहरुलाई समस्या भएकोले यसको सवै समाधानको लागि शिक्षा मन्त्रालयसंग समन्यव गरी हामीले आवश्यक काजपत्र पठाउदै छौं, अब सवै समस्या छिट्टै समाधान हुने छ । ”

कास्कीका सात विद्यार्थी संगठन तथा पीडित अभिभावकले सयुक्त रुपमा भारतीय पेन्सन क्याम्पद्धारा संचालित उक्त विद्यालयको मुल (३ नम्बर) गेटमा सुक्रबार ताला लगाइ विद्यालय बन्द गराएका हुन । सोहि दिनमा बिद्यालयले ताला फोडे पनि बिद्यालय भने संचालन गर्न सकेको थिएन । गत सालको भारतको केन्द्रिय सिविएसई वोर्ड अन्तर्गत परिक्षा दिएका पोखरा लगायत देशका विभिन्न उ्रच्च मावीमा अध्ययनरत ५४ जना विद्यार्थीको (भ्त्रगष्खबभिलत) समकक्षता प्रमाणपत्र नहुँदा उनीहरुको भविष्य अन्यौलमा परेकोले आफुहरु बिद्यालय बन्द गराउन बाध्य भएको अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतमले बताए । उनले भने “हाल बिद्यालयमा भएको समस्या समाधान गर्न शिक्षा मन्त्रालय सकरात्मक भएको र आगामी दुई साता भित्र सम्पुर्ण प्रकृया पुरा गरी बिद्यार्थीहरुको रजिष्टेसन हुने वातावरण हुने भएकोले आफुहरुले मंगलबार देखि बिद्यालय संचालनमा हामीले कुनै अबरोध गर्दैनौं । ” तर भएको सहमति अनुसार बिद्यार्थीहरुको तत्काल समस्या समाधान नभए आफुहरुले पुनः आन्दोलन गर्ने उनले चेतावनी दिए ।

पीडित अभिभावक संघर्ष समितिका अध्यक्ष तुल बहादुर ठकुरी, अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतम, नेविसंघ केन्द्रीय सदस्य भानु ढकाल, अखिल क्रान्तिकारी कास्की अध्यक्ष नारायण वडाल लगाएतले नवीकरण भइ विद्यार्थीले (Equivalent) समकक्षता प्रमाणपत्र नपाउने बेलासम्म आफुहरुले उक्त विद्यालयको निगरानि गर्ने बताएका छन । नविकरणको बिषयलाई सन् २०१४ बाटै नै प्रकृया थालनी गरेको भए पनि मन्त्रालयले नविकरण नगराएको उनले आरोप लगाए ।

मन्त्रालयमा भने सो विद्यालयले २०१४ देखि यता नविकरण नगरेको वुझिएको छ । तत्कालिन शिक्षा मन्त्री गिरीराजमणी पोखरेल आफु शिक्षा मन्त्री हुँदा मन्त्रालयले विदेशी विद्यालयलाई नेपाल सरकारले कानुनको परिधीमा राखेर नियमन गर्न र सोको लागि सम्वन्धनका लागि दर्ता र नविकरणका लागि आह्वान गरेको थियो । सो आह्वान वमोजिम सवै विदेशी विद्यालयले दर्ता गरे पनि पोखराको पेन्सेन क्याम्प स्थित नेपाल भारत मैत्री विद्यालयले नगरेकोले यतिबेला समस्या बल्झिएको हो ।

हाल उक्त विद्यालयमा ३ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन । विद्यार्थीहरुले कक्षा ११ को परिक्षा अगावै रेजिष्ट्रेसन गरिसक्नुपर्ने हुन्छ, यसका लागि विद्यार्थीहरु संग समकक्षता प्रमाणपत्र आवश्यक हुन्छ । जुन प्रमाणपत्र उनीहरु संग छैन । कक्षा ११ को रजिष्ट्रेसनका लागि मंसिर १५ गते अन्तिम म्याद भए पनि अभिभावकहरु शिक्षा मन्त्रालय, राष्ट्रिय परिक्षा वोर्ड र पाठ्यक्रम विकास केन्द्रमा नै धाउँन व्यस्त छन । मन्त्रालयले चाहेको खण्डमा बिषेश परिस्थित देखाउदै छुट भएका बिद्यार्थीहरुको रजिष्टेशन गराउन सक्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button