नेपाल र चीन जोड्ने छोटो सडक ६ महिनामा पूरा हुने

नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासबाट ओलाङचुुङगोला तर्फको २२ किलोमिटर खण्ड मध्ये एक महिनामा साढे दुई किलोमिटर बाटो खनिएको छ ।

यहि रफ्तारमा काम भए अबको ६ महिना भित्रमा चीनको रिउब बजारबाट टीपतालापास हुँदै गोलासम्म सडक सञ्जाल जोडिने भएको छ । गोलाका बासिन्दा छेतेन पाञ्जु शेर्पाले बिहीबारसम्ममा २ हजार ६ सय मिटर (२.६ किमी) मोटरबाटो निमार्ण भईसकेको जानकारी दिए । उनकाअनुसार यसअघि स्थानीयले खनेको ६ सय मिटर भाग समेत यसैमा जोडिएको छ ।

आयोजना प्रमुख कुबेर नेपालीले यो मार्गको सडक निमार्णमा बजेट अभाव हुन नदिने गरी बजेट मागको प्रस्ताव गरिएको जानकारी दिए । नेपालीका अनुसार बहुबर्षीय ठेक्का प्रणाली मार्फत निमार्ण हुँदै आएको यो खण्डमा चालु कार्यका लागि ४ करोेड बढी रकम छ ।
चीनको स्वशासित क्षेत्र तीब्बतको तिङ काउन्टीको रिउ बजारका स्थानीयसँग भएका २ वटा डोजर र एउटा लोडरले लगातार काम गरिरहेको उनले जानकारी दिए । बीचको करिव एकसाता हिउँ र चिसोले निमार्ण कार्यमा असर गरेपनि त्यसयता निमार्ण कार्यमा समस्या नरहेको उनले बताए ।

टीपताला–गोला सडक खण्ड गएको पुष ८ गते बाट खन्न थालिएको हो ।

यता, टीपताला–गोला सडक खण्डको कामले गति लिईरहँदा मुुलघाट–दोभान–ओलाङचुङगोला सडक आयोजनाले पनि सुकेटारबाट गोलातर्फको निमार्णाधिन सडकलाई उच्च प्राथामिकतामा राखेर कार्य अघि बढाएको जनाएको छ ।

नेपालीका अनुसार निमार्णाधिन सडक खण्ड बाहेक तापेथोक–गोलाको बीचका केहि भागमा हेलिकप्टरमार्फत पनि निमार्ण उपकरण झारेर सडक निमार्णको प्रस्ताव गरिएको छ ।
आयोजना प्रमुख कुबेर नेपालीले यो मार्गको सडक निमार्णमा बजेट अभाव हुन नदिने गरी बजेट मागको प्रस्ताव गरिएको जानकारी दिए । नेपालीका अनुसार बहुबर्षीय ठेक्का प्रणाली मार्फत निमार्ण हुँदै आएको यो खण्डमा चालु कार्यका लागि ४ करोेड बढी रकम छ ।

नेपालीले नेपाल र चीन जोड्ने सबैभन्दा छोटो मार्ग थयाशक्य चाँडो सञ्चालनमा ल्याउन आयोजनाले सडक बिभागसँग थप ६० करोड रकम माग गरेको जानकारी दिए ।

उनले आयोजनाबाट पेश भएको माग प्रस्ताव बिभागले मन्त्रालयमा पठाई सकेको जानकारी आफूले पाएको बताए । चालु ४ करोड बजेटले यसबर्ष थिवाबाट तापेथोक आसपास सम्म सडक सञ्जाल जोड्ने आयोजनाले लक्ष्य लिएको छ । यो प्रयासस्वरुप शुक्रबारबाट बिस्फोटक पर्दाथ (ब्लास्टिङ)को प्रयोग गरी थिवा–छिरुवा सडक खण्डमा ढुङगा फुटाउने कार्य सुरु भएको उनले जानकारी दिए ।

नेपालीका अनुसार निमार्णाधिन सडक खण्ड बाहेक तापेथोक–गोलाको बीचका केहि भागमा हेलिकप्टरमार्फत पनि निमार्ण उपकरण झारेर सडक निमार्णको प्रस्ताव गरिएको छ । ‘प्रस्ताव पास भएर माग अनुसार रकम आए यो बिषय साह्रै नौलो र कठिन बिषय होईन’ नेपालीले भने । उनले टीपतालापासबाट गोलासम्मको सडकले पाईरहेको गति जस्तै थिवा–गोला सम्मको सडक निमार्ण कार्यलाई तीव्रता दिने तयारीमा आयोजना रहेको बताए ।

शुक्रबारबाट बिस्फोटक पर्दाथ (ब्लास्टिङ)को प्रयोग गरी थिवा–छिरुवा सडक खण्डमा ढुङगा फुटाउने कार्य सुरु ।
टीपतालापासलाई नेपाल र चीन जोड्ने सबैभन्दा छोटोे मार्गको रुपमा हेरिएको छ । चीनको स्वशासित क्षेत्र तीब्बतले रिउ बजारबाट टीपतालापास सम्मको ८ किलोमिटर दुरीलाई गएको मंसिर महिनामै सडक सञ्जालमा जोडिसकेको छ । अब टीपतालापासबाट ओलाङचुङगोलासम्मको २२ किलोमिटर दुरी र थिवाबाट गोलासम्मको ३८ किलोमिटर दुरी सडक सञ्जालमा जोडिए चीनसँग नेपालकै सबैभन्दा छोटो सडक मार्ग स्थापित हुनेछ ।

स्रोत – नागरिक न्युज  https://www.nagariknews.com/news/12919

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button