पोखरामा आईस रिङ्क स्थापना गर्न नेपाल आइस हक्की संघले नक्सा तयार गर्ने

पोखरा –

नेपाल आइस हक्की सङ्घले खेलको विकास गर्न पोखरा स्पोर्टस कम्प्लेक्समा आइस रिङ्क स्थापनका लागि नक्सा तयार  गर्ने निर्णय गरेको छ ।

नेपाल आईस हक्की संघको  दोश्रो बार्षिक साधारण सभाले अध्यक्ष लोकबहादुर शाहीद्वारा प्रस्तुत प्रतिवेदनलाई पास गर्दै सो निर्णय गरेको हो ।काठमाण्डौको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्र हमालले शनिबार एक कार्यक्रम विच उक्त साधारण सभाको  उद्घाटन गरेका हुन् ।

nepal-ice-hokey-associationप्रतिवेदनमा  संघले अघिल्लो निर्वाचन पश्चात भए गरेका गतिविधीहरुलाई समेट्दै आगामी दिनमा गर्नु पर्ने कार्यहरुको योजना सहित प्रस्तुत गरिएको थियो । हाल सम्म संघले नेपालमा आईस हक्की खेलको सम्भावनाको अध्ययन गर्दै आईस रिंक स्थापनको लागि प्रारम्भिक चरणको अध्ययन गरेको बताएको छ । रिङ्क स्थापनाका लागि संघको विशेष निमन्त्रणामा अन्तराष्ट्रिय आईस हक्की महासंघका कोषाध्यक्ष तथा फ्रान्स आईस हक्की संघका अध्यक्ष श्री लुक टार्फिकलाई नेपाल बोलाई आईस हक्की रिंक स्थापनका लागि विभिन्न स्थानको भ्रमण गराइएको, र त्यसको लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् संग पहल भईरहेको संघले जनाएको छ ।

संघले जुनियर खेलाडीहरुलाई आईस हक्कीको प्रारम्भिक प्रशिक्षण दिन तथा केहि खेलहरुको अवलोकनका लागि मित्र राष्ट्र फ्रान्सको आईस हक्की संघको पहलमा २०१७ मे मा भ्रमण गराउने बताएको छ ।

पोखरा स्पोर्टस कम्प्लेक्समा आईस रिंक स्थापनका लागि नक्सा तयार गर्ने एबम प्राविधिक जनशक्ति निर्माणका लागि २०१७ जुलाईमा फिनल्याण्डमा एक टोली पठाउने समेत संघले निर्णय गरेको छ ।  साधारण सभावाट संघले राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्था तथा निजी क्षेत्रलाई आईस हक्की रिंक निर्माणमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने एबम  खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा लैजाने जस्ता कार्यक्रमलाई पारित गरेको छ ।

साधारण सभामा केन्द्रिय पदाधीकारीका साथै विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको संघले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button