भारतका पर्यटन व्यवसायी भन्छन् – नेपालको सडक अवस्था सुधार गर्नुहोस

वासुदेव पौडेल, लाटागुडी(भारत), –

नेपाल पर्यटन बोर्डको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा आयोजित प्रबर्द्धन कार्यक्रम अन्तर्गत आज भारतको लाटागुडीमा आयोजित अन्तरक्रियामा भारतका पर्यटन व्यवसायीले नेपालको पर्यटकीय विकासका लागि अव्यवस्थित सडक तत्काल सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा भारतीय पर्यटन व्यवसायीले नेपाल प्रवेश गर्ने सिमा नाकादेखि नै देखिने अव्यस्थित तथा विग्रीएका सडककका कारण पर्यटकहरूले निकै दुःख भोग्नुपरेको बताए । उक्त अवसरमा पर्यावरणीय संरक्षण र विकासको अत्यन्त सम्भावना रहेको नेपालमा यो पर्यटनको महत्वपूर्ण आधार बन्न सक्नेमा समेत जोड दिइएको थियो ।

कार्यक्रममा लाटागुडी रिसोर्ट एशोसिएसन, भारतका अध्यक्ष बरुण सरकारले काँकरभित्ता देखि नै पर्यटकले सडकको दुरावस्थाका कारण समस्या भोग्नुपरेको अवस्था प्रति गम्भीर बन्नु आवश्यक भएको बताउनुभयो ।एशोसिएसनका महासचिव दीव्येन्द्र देवले अव्यस्थित सडक तथा बाटोमा पर्यटकले भोग्ने गरेका अनावश्यक झन्जटका कारण चाहेर पनि अपेक्षित पर्यटक नेपाल पठाउन नसकिएको अवस्था प्रति गम्भीर बन्नुपर्ने बताउनुभयो ।

“पर्यापर्यटनको संरक्षण र विकासका माध्यमबाट नेपालमा पर्यटन क्षेत्रको विकास गर्र्ने धेरै सम्भावना छन्,” उहाँले भन्नुभयो, “लाटागुडी जस्तै नेपालमा चितवन, पोखरा लगायतका स्थान पर्यापर्यटनका सम्भावना बोकेका स्थल हुन् ।” नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले लाटागुडीले पर्यापर्यटनकै माध्यमबाट गरेको पर्यटन विकास नेपालका चितवन लगायतका स्थानका लागि अनुकरणीय बन्न सक्ने धारणा राख्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले नेपाल पर्यटनका हिसावले विविध सम्भावनाले युक्त राष्ट्र भएको बताउँदै यहाँको पर्यटनको विकासका लागि उत्तरपूर्वी भारत सहित भारतका विभिन्न ठाउँका पर्यटन व्यवसायीसँग साझेदारी गर्ने बताउनुभयो । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले भारतीय पर्यटन व्यवसायीले नेपालका सडकको दुरावस्था लगायतका विषयमा देखाएको चासो अत्यन्त गम्भीर विषय भएको बताउँदै यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक भएको उल्लेख गर्नुभयो ।

“नेपालमा प्रकृति प्रदत्त विभिन्न सम्पदा पूर्वाधार विकासको अभावका कारण ओझेलमा परेका छन्,” उहाँले भन्नुभयो, “सडकका कारण नै पर्यटकको आगमनका कमी आएका जस्ता कुरालाई गम्भीरताका साथ आत्मसात गरी तत्काल सडक पूर्वाधारलाई व्यवस्थित गरिनु आवश्यक छ ।”

भारतको लाटागुडी पर्यापर्यटनलाई नै मुख्य आधार बनाइएको यहाँको एउटा महत्वपूर्ण पर्यटकीय स्थल हो । विभिन्न सुविधा सम्पन्न होटेल रहेको यस स्थलमा जंगल सफारी आदि उद्देश्यका साथ पर्यटक आउने गरेका छन् । लाटागुडी भन्दा अझै धेरै सम्भावना बोकेर पनि चितवन लगायतका नेपालका पर्यापर्यटनका उत्कृष्ट स्थलमा अझै अपेक्षित संख्यामा पर्यटक पठाउन नसकिएको कुरामा सबैको ध्यान जानु आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत भारतको ग्याङ्गटोक लगाायतका स्थाानका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिसँग छलफल कार्यक्रम रहेको आयाोजकले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button