नेपाल सेमिफाइनमा पराजित

पोखरा-

चौंथौ साफ महिला फुतबलबाट नेपाल बाहिरिएको छ । सोमबार सिलिगडीको कञ्चनजंगा खेल मैदानमा भएको सेमिफाइलन खेलमा नेपाल भारतसँग ३—१ ले पराजित भएको छ । पराजितसँगै नेपाल साफमा पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको हो ।

सेमिफाइनलमा भारतका सस्मिता मलिकले खेलको ४४ औं मिनेटमा गोल गरिन् भने ५९ औं मिनेटमा इन्दुमापथक र ८३ औं मिनेटमा कमलादेवीले गोल गरिन् ।

नेपालकोतर्फबाट सावित्रा भण्डारीले १ गोल गरिन् । खेलको ७५ औं मिनेटमा भारतीय खेलाडीले डिबक्स भित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्राले गोल गरिन् । खेलमा नेपालल आधा दर्जन राम्रो अवसरलाई सदुपयोग गर्न सकेन ।
नेपाली टिममा प्रशिक्षक कुमार थापाले रेफ्रीको निर्णयले चित्त बुझ्दो नभएको बताए । ‘ ३ वटा पेनाल्टी पाउनु पर्ने हो,’ उनले भने,‘ रिजल्ट आफ्नो पोल्टामा पार्ने गरी खेलेका थियौं, रेफ्रीले सही निर्णय नदिँदा हारियो ।’

समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतबीच सेमिफाइनल भेट पक्का भएको हो । भारत र बंगलादेशले अर्को टोली अफगानिस्तानलाई हराएको गोलको अन्तरमा विजेता, उपविजेताको टुंगो लागेको थियो । भारतले ५–१ ले हराएको अफगानिस्तानलाई बंगलादेशले ६–० ले पराजित गरेको थियो ।

नेपालले समूह चरणका तीन खेलमा विजयी भएर विजेताका बनेको थियो । नेपालले भुटानलाई ८—०, माल्दिभ्सलाई ९—० र श्रीलंकालाई १—० पराजित गरेको थियो । समूह एमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका थिए भने बिमा भारत, बंगालादेश र अफगानिस्तान थिए । सन २०१० देखि साफ सुरु भएको छ भने प्रत्येक दुई वर्षमा प्रतियोगिता हुने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button