अहिलेको सरकार असफल भएको नेता नेपालको आरोप

डी.एन.बि

पोखरा- 

एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिलेको सरकार असफल भएको आरोप लगाएका छन । प्रेस चौतारी कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले अहिलेको सरकारको मुख्य काम निर्वाचन भएकोले निर्वाचनको लागि खासै कामहरु अघि बढाउन नसेकको भन्दै अन्य राष्ट्रियताको बिषयमा पनि सरकार गम्भिर हुन नसकेको भन्दै अहिलेको सरकार असफल भएको दाबी गरेका हुन ।

संविधान संसोधन नगरी चुनावको मिती घोषणा गर्नुको विकल्प नभएको बताएका नेताले निर्वाचनबाटै सवै प्रकारका संकटहरु पार लाग्ने जनाए । संविधान संसोधनको लागि एमालेसंग दुई तिहाई मत भएकोले यसमा केहि राष्ट्रियता भएका नेताहरु पनि आफ्नो पक्षमा भएकोले संविधान संसोधनको प्रस्ताव पारिन नहुने धेरै सम्भावना भएको समेत उनको भनाई थियो ।

निर्वाचनको मिति ६ महिना लम्वाउने कुरा चलाउनु नालायकपन भएको आरोप लगाउदै नेता नेपालले २०७४ माघ ७ भित्र तीन वटा निकायको निर्वाचन हुनुपर्र्नेमा जोड दिए । उनले भने “ तोकिएको मितिमा निर्वाचनको काम नगर्ने, अनि म्यान थप्न खोज्ने नालायक सरकार भनिन्छि, निर्वाचनको लागि नमिलेका कुराहरु टेलल गर्नुपर्नेमा समितिमा छाडेर टार्ने मात्र काम भएको छ । ” अहिले पनि केही शक्तिहरुले नेपालको राष्ट्रिय अखण्डता र राष्ट्रियातको बिषय नै खलवलाउने गरी पैसा वोकेर हिडेको आरोप लगाए ।

उनले भने “ एमाले कुनै पनि हालतमा राष्ट्रियता र अखण्डताको खलवलाउने बिषयमा कसैसंग सम्झौता गर्दैन, यदी त्यस्ता शक्ति बिरुद्ध खरो रुपमा उत्रिन तयार छ, हाम्रा नेताहरु पैसामा विक्दैनन, त्यो पनि केहि शक्तिहरुले राम्रोसं्रग बुझे हुन्छ । ” सक्ताधारी दलहरुलाई लक्षित गर्दै उनले जनतामाझ आट नभएर पनि निर्वाचनको काम अघि बढाउन सकेका छैनन । सत्ताधारी दल र मधेशी दलहरुमा पनि अब राष्ट्रियताको भावनाको खोजि गर्नु पर्ने समय आएको नेपालको भनाई थियो । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button