पोखरा सभागृहमा तरुण दलको बन्दसत्र सुरु

पोखरा-

नेपाल तरुण दलको शनिबारदेखि यहाँ सुरु चौथो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज पोखरा सभागृहमा बन्दसत्र सुरु भएको छ ।बन्दसत्रको तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष तथा सांसद उदयशम्शेर राणाले नेपालमा युवासँग सम्बन्धित सबै समस्याको समाधान गर्न आवाज उठाउने तरुण दल वर्तमानको आवश्यकता रहेको बताउनुभयो । बन्दसत्रमा राजनीतिक, आर्थिक र अन्य समसामयिक विषयमा छलफल गरिनेछ ।

बन्दसत्रमा युवाकेन्द्रित समसामयिक विषय र दलको आगामी कार्ययोजना प्रस्तुत गरिने तरुण दलका केन्द्रीय सदस्य जनमेजय तिमिल्सिनाले बताउनुभयो । महाधिवेशनका लागि देशभरबाट आएका एक हजार ४०० प्रतिनिधि बन्द सत्रमा सहभागी छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button