कांग्रेसले जिते बृद्ध भत्ता दोव्वर–सभापति देउवा

पोखरा-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस पटक आफ्नो पार्टीको वहुमतले विजयी भएमा बृद्ध भत्ता दोब्बर गराउने बताएका छन । नेपाली कांग्रेस कास्कीको आयोजनामा बुधबार पोखरामा भएको प्रदेश स्तरिय आमसभामा सम्वोधन गर्दै सभापति देउवाले विदेशीहरुले समेत आफुहरुलाई पत्याउने भएकोले  कागेंस नेतृत्वको सरकार भए बृद्ध भत्ता दोव्वर गर्ने बताएका हुन ।

१९ बर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा सवै लाग्न आग्रह गर्दै सभापति देउवाले उनले भने “ विदेशबाट हामीले पैसा ल्याउने एमालेले बाड्ने, हामीलाई विदेशीले पत्याउछन, अब हामीले जितेसंगै बृद्ध भत्ता दोब्बर हुन्छ हुन्छ । ”

पुर्वप्रधानमन्त्री समेत रहेका कागेंसका सभापति देउवाले देशलाई विखण्डन गर्ने षडयन्त्र भएको बताए । मधेषी र पहाडीलाई झगडा बनाउने षडयन्त्र भएको बताउदै देउवाले सवै क्षेत्र, जातिको समान अधिकार हुनुपर्ने संविधानमा उल्लेख हुदा हुदै केहि दलहरुले मधेषी र पहाडीलाई भिडाउने र देशमा द्धन्द निम्ताउने खेलमा लाग्न थालेको आरोप लगाए । पछाडि परेको क्षेत्र र जातिको लागि उत्थान गर्नु पर्ने बताउदै सभापति देउवाले आफु कदमजंगको अभियानमा हिडेको दाबी गरे । उनले भने “सवै भन्दा पछाडि भएको क्षेत्र कर्णाली, मधेषी, महिला, दलित, जनजातिको उत्थानको लागि लागेको छु ।” समावेसि वनाउने अभियानमा कागेंस पार्टीं अघि बढेको बढेको उनको भनाई थियो । उनले भने “ यो देश वनाएको गुरुङ, मगर, तामाङले उनीहरुको हक अधिकार जारी संविधानले समेटेकोले संविधान कायान्वयन गर्न निर्वाचन आवश्यक छ । ”

जिल्ला क्षेत्रबाटै सहमति गरेर निर्वाचनमा जित्ने उमेदवारलाई उठाउन सुझाव दिदै सभापति देउवाले टिकट पाएको व्यक्तिलाई जिताउने अभियानमा सवै नेथता तथा कार्याकर्तालाई निर्देशन दिए । पार्टी भित्रै अन्तरघात हुन सक्ने आशंका व्यक्त गर्दै देउवाले अन्तरघात, विद्रोह, र भित्र भित्रै अन्तरघात गर्नेलाई पार्टीले कडा कारवाही गर्ने चेतावनी दिए ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कागेंसलाई हराउन कागंस बाहेक अन्य कुनै पार्टीले नसक्ने दाबी गरे । उनले भने “कागेंस आफ्नै छायाबाट तर्सिएको छ, कागेंसलाई हराउन कागेंसले मात्र सक्छ, पार्टी भित्र अन्तरघात नगर्नुहोला, यसो गर्दा हामीलाई नै नोक्सान हुन्छ। ” प्रदेश नम्बर ४ कृषि, उर्जा र पर्यटनको केन्द्रको रुपमा रहेकोले यहाँ भएका सम्भावनाहरुको खोजि गरी कृषि क्रान्ति गर्नु पर्ने उनको भनाई थियो । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलसंगै लुम्बिनी, काठमाण्डौं, चितवन पोखरा जोड्ने सडक मार्ग ४ र ६ लेनको बनाउनु पर्ने पौडेलको जोड थियो । एमालेले जनतामा भ्रम छरेको आरोप लगाउदै नेता पौडेलले राप्रपाले गाई देखायर जनतालाई झूक्काउन खोजेको बताए ।

नेपाली कांग्रेसका महामन्त्री डा शसंका कोईरालाले यसपाली वागी उमेदवार उठ्ने उपर कारवाही गर्नुपर्ने बताए । वागी उठ्नेलाई पार्टीबाटै निष्कासन गर्नूपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको सभामा गृह तथा उप–प्रधानमन्त्री विमलेन्द्र निधी, कांग्रेस नेता गोपालमान श्रेष्ठ, कृष्ण प्रसाद सिटौला, तारानाथ रानाभाट, नेपाल तरुण दलका अध्यक्ष जितजंग वस्नेत, सांसद शारदा पौडेल, महिला संघका अध्यक्ष उमा रेग्मी लगायतले वोलेका थिए । कार्यक्रममा विभिन्न सागीतीक कार्यक्रम समेत प्रस्तुत गरीएको थियो । यस अघि पोखराका विभिन्न क्षेत्रबाट जुलुश सहितको ¥याली निस्केर आमसभा स्थल मानव अधिकारचोक पुगेर सभामा परिणत भएको थियो ।

यसैबिच, पोखराको मध्यभागमा रहेको चिप्लेङ्गा (बिपीचोक)स्थित मानवअधिकार चोकमा उक्त कार्यक्रममा विहान देखि संचालन भएकोले स्थानियहरुको व्यापारमा प्रभाव परेको व्यवसायिहरुले गुनासो गरेका छन । सडक सहित मानवअधिकार चोक क्षेत्रमा हल्ला र मान्छेहरुको भिडभाडले गर्दा आफुहरुको व्यापारमा असर पर्दै आएको एक व्यवसायिले बताए । मानवअधिकार चोकमा घण्टौं र दीनभरी जसो सडकनै जाम गरेर गरीने यस्ता कार्यक्रमले गर्दा केहि व्यवसायिहरु ठुलो मर्कामा परेको स्थानीय एक व्यवसाय सुरेस नेपालीले बताए । स्थानीय व्यवसायीहरुले सडकको विकल्पमा आम सभा गर्दा अन्य स्थानमा गर्नुपर्नेमा माग गरेका छन ।

पोखराको सडकमै यस्ता कार्यक्रम हुदा केहि व्यावसायिहरुको सटर नै वन्द गर्नु पर्ने अबस्था रहन्छ । यसमा शान्ति सुरक्षा दिने प्रहरी प्रशासनले पनि सहज ढंगले उल्टै आफै सडक अबरुद्ध गरी बसेको देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button