केन्यासँगको खेलमा नेपाल ७ विकेटले विजयी

पोखरा न्युज डटकम –

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्या बिरुद्धको दोस्रो खेलमा  नेपालले शानदार जित हात पारेको छ ।  बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै  नेपाल नेपाल ७ विकेटले विजयी भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा केन्यालाई १ सय ५५ रनमा समेटेको नेपालले ३० दशमलव २ ओभरमा ३ विकेट गुमाएर जित हासिल गरेको हो ।

शुरुवातमा फितलो प्रदर्शनका रहेपनि  कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट साझेदारी गरेपछि नेपालको जित सहज बनेको हो । नेपालका ज्ञानेन्द्र मल्लले नटआउट रहदै ६४ रन तथा शरद भेषवाकरले भेषवाकर २४ रन बनाए । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिदै  ६२ रनको योगदान गरे ।

यसअघि शरद भेषवाकर र मेहवुव आलमले उत्कृष्ट वलिङ  गरेपछि टस जितेर फिल्डिङ रोजेको केन्यालाई नेपालले  १ सय ५५ रनमा अलआउट गर्न सफल भएको थियो ।

नेपाली इनिङमा  शरदले सर्बाधिक ४ विकेट लिए भने सात ओभरको स्पेलमा मात्र ११ रन दिएका आलमले चौथो ओभरमा २ विकेट लिए । वसन्त रेग्मीले २ , सागर पुन र सन्दीप लामिछानेले एक एक विकेट लिए । केन्याकाको तर्फवाट  कोलिन्स ओवायाले सर्बाधिक ४८ रन बनाएका थिए  ।

यसअघी भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो ।

photo source – ICC – International Cricket Council

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button