तीन बर्ष पछि आफ्नै आगन पोखरामा नेपथ्यको लाइभ प्रस्तुति हुने

पोखरा-
पर्यटकिय नगरी पोखरामा फेरी उठ्ने छ नेपाल नामक सांगीतिक इभेण्टको दोश्रो संस्करण पोखरामा हुने भएको छ । उक्त ईभेण्ट मार्फत नेपालकै चर्चीत ब्याण्ड नेपथ्यले आउदो ८ अप्रिल अर्थात चैत्र २६ गते शनिबार पोखरा रंगशालामा लाईभ प्रस्तुती गर्ने भएको छ ।

सन २०१६ मा काठमाण्डौंमा १० हजार भन्दा बढी दर्शकहरु सहभागिता गराउदै फेरी उठ्ने छ नेपाल नामक सांगीतिक इभेण्टको पहिलो संस्करण सफलता पुर्वक सम्पन्न भएको थियो । धेरै बर्ष पछि काठमाण्डौंमा ईभेण्ट मार्फत नेपथ्यले आफ्नो लाईभ प्रस्तुतीः गरेको थियो । इभेण्ट मार्फत नेपथ्य ब्याण्ड तीन बर्ष पछि पोखरेली आँगनमा घन्किने भएको छ । नेपथ्यको लाईभ प्रस्तुतीःपोखरेलीहरुको ईच्छा र चाहाना अनुसार आयोजना हुने भएको पोखरा भिमकालिपाटन सिमपानी निवासि किरण गुरुङले बताए । गुरुङ र सोनाम गुरुङको आयोजनामा कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च माविको सहयोगार्थ उक्त कार्यक्रम हुन लागेको हो । व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनिको व्यबस्थापनमा उक्त ईभेण्ट पोखरामा हुन लागेको हो ।

नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ रहेका छन । उनको पोखरा २५ पुम्दी भुम्दी कालाभाङमा घर भएकोले उनको प्रस्तुतीःमा पोखरा आसपास सहित छिमेकी जिल्लाबाट समेत तिन बर्ष सहभागि भएका दर्शकहरु यस बर्ष अझ बढी उत्साहित हुने आफुहरुले अपेक्षा गरेको किरण गुरुङले विश्वाश व्यक्त गरेका छन । आफ्नो सामाजिक उत्तरदाहित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेर ल्वाङघलेलको बिद्यालयलाई सहयोग गर्ने आफुहरुको लक्ष्य रहेको उनले बताए । तीन बर्ष अघि पोखरा नयाँबजारको प्रदशर्न केन्द्रमा उक्त कन्सर्ट आयोजना भएको थियो । रेशम…,छेक्यो छेक्यो देउराली डाँडा, भेडाको उन जस्तो, जोगले हुन्छ भेट.. लगायतका गितहरु गाउदै आएको नेपथ्यको गित प्रायः युवा पिढिहरुको लोकपृय ब्याण्डको रुपमा स्थापित भएकोछ । नेपथ्यले देशका मुख्य शहरहरु हुदै विभिन्न देशमा समेत आफ्नो  प्रस्तुती राखेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button