पोखरामा हुने नेपथ्य ब्याण्डको प्रस्तुतिलाई सफल पार्न पोखरेलीले सघाउने

पोखरा –

सामुदायिक बिद्यालयको सहयोगार्थ नेपथ्य ब्याण्डको प्रस्तुतीः पोखरामा हुने भए पछि उक्त कार्यक्रमलाई सफल पार्न पोखरेलिहरुले सहयोग गर्ने भएका छन ।

सुक्रबार पोखरामा भएको छलफल कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारिहरुले शिक्षा क्षेत्रमा सहयोग पुराउने गरी अन्तराष्ट्रिय ख्याती प्राप्त पोखरेली गायक अमृत गुरुङको पोखरामा प्रस्तुती हुने भएकोले उक्त कार्यक्रमलाई आ–आफनो क्षेत्रबाट सक्दो सहयोग गर्ने वचन दिएका हुन । पोखराका पर्यटन व्यवसायि तथा प्रहरी प्रशासन एवं विभिन्न संघ संस्थाका पदाधिकारिहरुले यही चैत्र २६ गते शनिबार पोखरा रंगशालामा हुने पवित्र कार्यको लागि सहयोग गर्न आफुहरु तयार रहेको वचन दिएका हुन ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष चिरन्जिवी पोखरेलले राष्ट्रिय रुपमै ख्याती प्राप्त पोखरेली व्याण्डले सामाजिक कार्य गर्ने उद्धेश्यले आयोजना हुने फेरि उठ्ने छ नेपालको दोश्रो संस्करणलाई सफल पार्न आफुहरु कटिवद्ध भएको बताए। वडा प्रहरी कार्यालय रामबजारका प्रमुख सुभास कुमार गैरेले मनोरन्जन र सुरक्षा एकै पटक प्रदान गर्न निकै कठिन बिषय भएकोले त्यसलाई व्यबस्थापन गर्न कास्कीको सिंगो प्रहरी प्रशासनको साथ र सहयोग हुने बताए । वडा प्रहरी कार्यालय बैदामका प्रमुख मोहनमणि अधिकारिले सुरक्षाको बिषयमा आफुहरुले विभिन्न वडा हुदै जिल्लासंग समेत समन्वय गरी चुस्त पार्न लागि रहेको जनाए ।

नेपाल पर्यटन वोर्डका पुर्व सदस्य गणेश बहादुर भट्टराईले पोखरा पर्यटन, खेलकुद र संगितको शहरको रुपमा स्थापित गर्नु पर्ने बताए । भूकम्प पछि पछिल्लो क्रममा पोखरामा पर्यटन प्रवद्र्धन हुदै आएको बताएका भट्टराईले अर्वौको कारोवार गर्ने अटो व्यवसायिहरुले पनि सामाजिक उत्तरदाहित्व अन्र्तगत वातावरणको क्षेत्रमा लगानी गर्नुपर्ने माग गरे । नेपाल पर्यटन वोर्डका पुर्व सदस्य वासु त्रिपाठिले नेपथ्यको छुट्टै समुह भएकोले उनिहरु माझ उक्त ईभेन्टको जानकारी भएको खण्डमा कार्यक्रम सफल हुने दाबी गर्दैैै राम्रो कामको अभियानमा आफुहरुको साथ हुने बताए । नेपाल पर्यटन वोर्डका पुर्व सदस्य अग्नी कणेलले भने “फेरि उठ्ने छ नेपाल भन्ने भाव निकै मार्मीक छ, यस्तो कार्यलाई सफल पार्न हामी तत्पर छौं । ” तमु धिँ नेपालका महासचिव गिरी प्रसाद गुरुङले नेपथ्य ब्याण्डले मनोरन्जन सहित सामाजि कार्यमा सहयोग गर्दै आएकोले आफुहरुले पनि उक्त अभियानलाई सफल पार्न होस्टेमा हैसे गरेको बताए । ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च माविका प्रधानध्यापक रक्ष बहादुर क्षेत्री र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर प्राविका प्रधानध्यापक तोरण केसिले नेपथ्यको कार्यक्रम पोखरा सफल भए पछि बिद्यालयको मुहार फेरिने विश्वास व्यक्त गरे ।

क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगिले संगितको क्षेत्रबाट शिक्षा क्षेत्रमा सहयोग हुने भएकोले यस्तो कार्यक्रमलाई सहयोग गर्न आग्रह गरे । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले नेपथ्य ब्याण्डको राम्रो कामको लागि पोखरा रंगशालामा आफुहरुले ठाँउ उपलब्ध गराएको दाबी गरे । आयोजक पोखरेली युवा किरण गुरुङले नेपथ्यको शिक्षा क्षेत्रमा सहयोग गर्दै आउने क्रममा कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर प्राविको सहयोगार्थ उक्त कार्यक्रम हुने भएको बताए । गुरुङ सहित उनकी श्रीमती सोनाम गुरुङले आयोजन गर्न लागेको उक्त कार्यक्रमबाट करीब १५ देखि २० लाख रुपैया बचत गरी उक्त रकम बिद्यालयको शैक्षिक विकासको लागि आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको किरणले बताए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ, टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराका प्रथम उपाध्यक्ष हरी भुजेल, नाट्टा क्षेत्रिय संघ पोखराका प्रथम उपाध्यक्ष हर्क बहादुर गुरुङ, कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरम बहादुर लामिछाने, सिद्धी बम्स (फुलवारी व्यारेक) गणका गणपति उज्ज्वल थापा, टेसा पोखराका अध्यक्ष नारायण प्रसाद सुवेदी, पत्रकार दीननाथ बराल लगायतले संगितबाट सामुदायिक बिद्यालयमा सहयोग गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमलाई सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताएका हुन । नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङले १८ देखि २० वटा सम्म गितहरु प्रस्तुतः गर्ने तयारी भएको कार्यक्रम संयोजक विकेश कायस्थले बताए । पोखराका विभिन्न स्थानहरुमा उक्त कार्यक्रमको प्रबेश टिकट समेत उपलब्ध गराएको सह–संयोजक प्रवेस कायस्थले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button