शनिबार साँझ पोखरामा नेपथ्यको लाईभ प्रस्तुती

पोखरा-

नेपालकै चर्चीत ब्याण्ड नेपथ्यले कास्कीका दुई वटा सामुदायिक बिद्यालयको सहयोगार्थ शनिबार लाईभ प्रस्तुती गर्ने भएको छ ।

पर्यटकिय नगरी पोखरामा फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करण शनिबार वेलुका २ घण्टा पोखरा रंगशालामा संचालन हुने भएको कार्यक्रम संयोजक विकेस कायस्थले बताए । उक्त कार्यक्रमको लागि पोखरा रंगशालामा स्टेज निमार्ण भएको उनले बताए ।
उनका अनुसार शनिबार विहान ११ बजे देखि टिकट काउण्टर खुल्ला हुने भएको छ ।

कार्यक्रममा सहभागिहरुको लागि दिउसो ४ः४५ बजे देखि गेट खुल्ला हुने भएको छ भने ७ः३० बजे मुख्य गेटहरु वन्द हुने आयोजकले जनाएको छ । ६ः४५ बजे सुरु हुने उक्त कार्यक्रम दुई घण्टा अर्थात ८ः४५ बजे सम्म संचालन हुने भएको कायस्थले जनाए । प्रबेश शुल्कः एक हजार रहेको संयोजक कायस्थले बताए । व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनिको व्यबस्थापनमा उक्त ईभेण्ट पोखरामा हुन लागेको हो ।
नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङले शनिबार करिब ४ वटा नयाँ गित सहित २० वटा गित प्रस्तुतः गर्ने भएका छन । रेशम…,छेक्यो छेक्यो देउराली डाँडा, भेडाको उन जस्तो, जोगले हुन्छ भेट.. लगायतका गितहरु गाउदै आएको नेपथ्यको गित प्रायः युवा पिढिहरुको लोकपृय ब्याण्डको रुपमा स्थापित भएकोछ । उक्त कार्यक्रमको आवश्यक सुरक्षा देखि पाकिङको समेत व्याबस्था मिलाएको आयोजक किरण कुमार गुरुङले बताए ।

कास्कीका ल्वाङघलेलको गौरी शंकर मनिलाल मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर आधारभुत बिद्यालयको सहयोगार्थ उक्त कार्यक्रमबाट बचत भएको केहि रकम बिद्यालयलाई सहयोग गरिने भएको गुरुङले बताए । नेपथ्य ब्याण्ड तीन बर्ष पछि पोखरेली आँगनमा घन्किने भएको उनले जनाए । नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ सहितको टिमले उक्त दुई वटा सामुदायिक बिद्यालय अवलोकन समेत गरी सकेका छन ।

गौरी शंकर मनिलाल मावि र भुमेश्वर आधारभुत बिद्यालयलाई करिब १५ देखि २० लाख रुपैया आर्थिक सहयोग गर्ने योजना भएको आयोजक किरण गुरुङ र सोनाम गुरुङले बताएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button