चैत्र २६ गते पोखरा रंगशालामा नेपथ्यले लाईभ प्रस्तुती गर्ने

 

सामुदायिक बिद्यालयको सहयोगार्थ पोखरामा नेपथ्य,
पोखरा-

सामुदायिक बिद्यालयको सहयोगार्थ फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करण पोखरामा हुने भएको छ । उक्त ईभेण्ट मार्फत नेपालकै चर्चीत ब्याण्ड नेपथ्यले आउदो ८ अप्रिल अर्थात चैत्र २६ गते शनिबार पोखरा रंगशालामा लाईभ प्रस्तुती गर्ने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर प्राविको सहयोगार्थ उक्त कार्यक्रम हुन पोखरामा हुने भएको आयोजक पोखरेली युवा किरण गुरुङले बताए । गुरुङ सहित उनकी श्रीमती सोनाम गुरुङले आयोजन गर्न लागेको उक्त कार्यक्रमबाट करीब १५ देखि २० लाख रुपैया बचत गरी उक्त रकम बिद्यालयको शैक्षिक विकासको लागि आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको किरणले बताए । गौरी शंकर मनिलाल उच्च माविमा हाल ३ सय बिद्यार्थी रहेको र प्लस टु समेत संचालन भएकोले बिद्यालयको आर्थिक अबस्था कमजोर नै रहेको बिद्यालयका प्राध्यानाध्यापक रक्षबहादुर क्षत्रीले बताए । बिद्यालयका सल्लाहकार गंगा बहादुर गुरुङले विभिन्न कार्यक्रमहरु मार्फत सामुदायिक बिद्यालयहरुलाईं सहयोग हुन सके ग्रामिण क्षेत्रका बिद्यालयमा गुणस्तरिय शिक्षाको विकास हुने विश्वास व्यक्त गरे ।

सन २०१६ मा काठमाण्डौंमा १० हजार भन्दा बढी दर्शकहरु सहभागिता गराउदै फेरी उठ्ने छ नेपाल नामक इभेण्टको पहिलो संस्करण सफलता पुर्वक सम्पन्न भए पछि व्याण्डवागन वाई पोजेटिब भाइव कम्पनिको व्यबस्थापनमा उक्त ईभेण्ट पोखरामा हुन लागेको हो । धेरै बर्ष पछि काठमाण्डौंमा ईभेण्ट मार्फत नेपथ्यले आफ्नो लाईभ प्रस्तुतीः गरेको थियो । इभेण्ट मार्फत नेपथ्य ब्याण्ड तीन बर्ष पछि पोखरेली आँगनमा घन्काउने गरी तयारी सुरु भएको कार्यक्रम संयोजक विकेश कायस्थले बताए । नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ रहेका छन ।

उनको पोखरा २५ पुम्दी भुम्दी कालाभाङमा घर भएकोले उनको प्रस्तुतीःमा पोखरा आसपास सहित छिमेकी जिल्लाबाट समेत तिन बर्ष सहभागि भएका दर्शकहरु यस बर्ष अझ बढी उत्साहित हुने आफुहरुले अपेक्षा गरेको किरण गुरुङले विश्वाश व्यक्त गरेका छन । तीन बर्ष अघि पोखरा नयाँबजारको प्रदशर्न केन्द्रमा उक्त कन्सर्ट आयोजना भएको थियो । रेशम…,छेक्यो छेक्यो देउराली डाँडा, भेडाको उन जस्तो, जोगले हुन्छ भेट.. लगायतका गितहरु गाउदै आएको नेपथ्यको गित प्रायः युवा पिढिहरुको लोकपृय ब्याण्डको रुपमा स्थापित भएकोछ । नेपथ्यले देशका मुख्य शहरहरु हुदै विभिन्न देशमा समेत प्रस्तुतीः राखेको छ । नेपथ्य ब्याण्डका मुख्य भोकलिष्ट अमृत गुरुङले १८ देखि २० वटा सम्म गितहरु प्रस्तुतः गर्ने भएको सह–संयोजक प्रबेस कायस्थले बताए । कार्यक्रमको संचालक दीननाथ बरालले गरेका थिए ।

फोटो सौजन्य- निक्स हिराचन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button