नेपथ्यबाट बिद्यालयलाई सहयोग हुने भएपछि स्थानिय हर्षित

पोखरा-
कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर आधारभुत बिद्यालयमा विहिबार नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ सहितको टिमलाई स्थानियले विहिबार स्वागत गरेका छन । फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करणको मार्फत चर्चीत पप गायक गुरुङको प्रस्तुतीःबाट संकलन भएको केहि रकम उक्त बिद्यालयलाई प्रदान गर्ने उद्घोष गरेसंगै बिद्यालय तथा स्थानियले नेपथ्य ब्याण्डको टिमलाई स्वागत गरेका हुन ।

गायक गुरुङ सहितको एक टोलीले विहबिार उक्त बिद्यालयको अवलोकन गरेको छ । बिद्यालयमा पुगेको टिमलाई बिद्यालय तथा स्थानीयहरुले फुलमाला तथा अविर लगायर स्वागत गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै अमृत गुरुङले आफु स्कुल जादा वोरामा पुस्तक लियर जाने गरेको स्मरण गर्दै शिक्षा व्यक्तिमा आवश्यक भएकोले शिक्षाको उज्ज्यालो छर्ने अभियान अन्र्तगत आफ्नो प्रस्तुती हुने गरेको बताए । भुमेश्वर बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष भिम बहादुर गुरुङ, संगम क्लवका अध्यक्ष विजय गुरुङ, निवर्तमान अध्यक्ष हेम बहादुर गुरुङ, बिद्यालयका प्रधानाध्यापक तोरण बहादुर केसी, स्थानिय आमा समुह तथा बिद्यार्थीहरुले गायक गुरुङ सहित नेपालयका किरणकृष्ण श्रेष्ठ, आयोजक किरण गुरुङ र सोनाम गुरुङ, युवा उद्यमी तथा स्थानिय देवेन्द्र केसी सहित पत्रकारको टोलीलाई फुलमालाले सम्मान गरिएको हो । आफ्नो गाँउको बिद्यालयमा नेपथ्यबाट सहयोग प्राप्त हुने भए पनि आफुहरु हर्सित भएको स्थानिय देवेन्द्र केसीले बताए ।

कास्कीका दुई बिद्यालयको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गर्न लागिएको पोखरा भिमकालिपाटन सिमपानी निवासि किरण गुरुङले बताए । गुरुङ र सोनाम गुरुङको आयोजनामा गौरी शंकर मनिलाल मावि र भुमेश्वर आधारभुत बिद्यालयलाई करिब १५ देखि २० लाख रुपैया आर्थिक सहयोग गर्ने गुरुङले बताए ।

उक्त कार्यक्रम शनिबार वेलुका २ घण्टा पोखरा रंगशालामा संचालन हुने भएको कार्यक्रम संयोजक विकेस कायस्थले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button