न्यू ग्यालेक्सीमा वास्केटवल प्रतियोगिता र परामर्श कार्यक्रम

पोखरा न्युज –

पोखरा नदिपुर स्थित न्यू ग्यालेक्सी इङ्गलिश वोर्डिङ्ग स्कुल द्वारा आयोजित ‘प्रथम न्यू ग्यालेक्सी एसईई वास्केटवल प्रतियोगिता’ छात्र तर्फको उपाधी योंग व्याइजले जितेको छ । शनिवार सम्पन्न फाइनलमा योंग व्याइजले वास्केटवल ट्रेनिङ्ग क्याम्पलाई ४४–३१ स्कोरले जितेको हो । छात्र तर्फको वेष्ट प्लेयर ट्रेनिङ्ग क्याम्पका विपिन गुरुङ्ग घोषित भए भने प्रतियोगितामा योंग व्याइजका दिप पुर्जा रहे । विजेता योंग व्याइजले नगद ८ हजार र उपविजेता ट्रेनिङ्ग क्याम्पले ४ हजार प्राप्त ग¥यो ।

त्यसै गरि छात्रा तर्फको उपाधी भने वारियर्सले पाएको छ । उसले रुलर्स क्लवलाई फाइनलमा ८–२ स्कोरले पाखा लगायो । विजेता वारियर्सले लगद ८ हजार र उपविजेता रुलर्स क्लवले ४ हजार पायो । छात्र तर्फ उच्च गोलकत्र्ता वारियर्सकी सिमा पुन भइन भने वेष्ट प्लेयरको उपाधी वारियर्सकी कृष्णा फगामी घोषित भइन । प्रतियोगितामा छात्र तर्फ ८ र छात्रा तर्फ ४ टिमको सहभागिता रहेको थियो ।  २०७३ सालको प्रवेशिका परिक्षा दिएर वसेका विद्यार्थीहरुलाई समयको सदुपयोग गराउन र उनिहरुको प्रतिभा प्रस्फुटन होस भन्ने ध्येयले गरिएको खेलकुद लगाएत अन्य परामर्श कार्यक्रममा ७ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालयका प्राचार्य रामजी शर्माका अनुसार प्रवेशिका दिएर लामो समय सम्म घरमा विताएकाहरुलाई खेलकुद र परामर्शका माध्यम द्वारा स्फुर्ती दिने र क्षमता अभिवृद्धी गरिएको वताए । एलइआई युनाइटेडको सहकार्यमा दिइएको परामर्शमा विज्ञान, सूचना प्रविधी, व्यवस्थापन, मेडिकल, होटल व्यवस्थापन लगाएतका विषयमा दिइएको उनले वताए । सहभागी मध्ये ५० जनालाई नगद तथा विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिएको थियो ।

विद्यालयका प्रमुख संरक्षक डा. राधेश्याम कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समाजसेवी यलियाना जोन, वास्केटवल संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङ्ग, हिसानका केन्द्रिय सल्लाहाकार सुर्य वहादुर जिशी, जिल्ला वास्केटवल संघका अध्यक्ष नेत्र सेन लगाएतले पुरुस्कार मेडल र प्रमाणपत्र वितरण गरेको थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button