पब्लिसिटिमा हिट “सायद-२”, रिलिज पछि पनि हिट हुनेमा ढुक्क निर्माता रावल (भिडियो सहित)

पोखरा न्युज –

निर्माता सुनिल रावल जोखिम मोल्नमा निकै माहिर छन । उनी आफैं पनि जोखिम विनाको कुनै पनि व्यवसाय नहुने सत्यलाई स्वीकार गर्छन ।

भुकम्पका कारण तहस नहस बनेको नेपाली फिल्म क्षेत्रमा ठुलो जोखिम मोलेर होस्टेल रिटन्र्स्लाई प्रदर्शनमा ल्याए । परिणाम उनको फिल्म ब्लकबस्टर त भयो नै साथमा अन्य फिल्महरुले पनि सुरक्षित महशुस गरे र आफ्ना फिल्म प्रदर्शन गर्न थाले । संयोग यसपटक पनि उस्तै छ सारा देशको ध्यान अहिले भईरहेको स्थानीय तह निर्वाचनमा केन्द्रीत भएका बेला उनको बहुप्रतिक्षित फिल्म सायद २ प्रदर्शन हुन २ साता मात्र बाँकि छ ।

यसपटक त झन सिमा सुवेदीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालका भित्ताहरुमा आक्रोस देखिए तर पनि रावलले चुनावी शैलीमै फिल्मको प्रचारलाई बढाए । नयाँ नयाँ शैलीले प्रचार गरेका कारण चुनाव र सिमा सुवेदी काण्डले सायद २ को प्रचारलाई गुमनाम बनाउन सकेन बरु अझै सायद २ को चर्चा माथि देखियो । नयाँ नयाँ कलाकारलाई फिल्ममा लिदाँ पनि थुप्रै जोखिम हुन्छ भन्ने गरिन्छ फिल्म बजारमा तर उनको फिल्ममा देखिने नयाँ अनुहार नै उनको फिल्मले स्थापित गरिदिन्छन । त्यसकारण पनि होला नेपाली फिल्म बजारमा ब्लकबस्टर सिनेमाका यि निर्मातालाई जोखिम संग जुध्न रुचाउने निर्माताको रुपमा लिन थालिएको छ । पब्लिसिटिमा हिट “सायद-२”, हल रिलिज पछि पनि हिट हुनेमा ढुक्क छन् निर्माता सुनिल रावल  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button